काग्रेस कहा छ भन्ने प्रश्न गम्भीर बन्दै गएको छ– डा. पराजुली

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 935 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बारा जीतपुरसिमरा निवासी संबिधान सभाका सदस्य एबम नेपाली काग्रेसका नेता डा. शोभाकर पराजुलीले विपीको स्मृति दिवसका अवसरमा मात्रै सम्झेर वीपीले परिकल्पना गरेको लोकतन्त्र र राष्ट्रियताको संरक्षण संभव नहुने बताउनु भएको छ । यसले काग्रेस कहा छ भन्ने प्रश्न गम्भीर बन्दै गएको छ ।

नेपाली कांग्रेसका पार्टीका संस्थापक नेता वीपी कोइरालाको ४१ औं स्मृति दिवसका अबसरमा प्रेसनोट जारी गर्दै पुर्व सचेतक समेत रहेका डा. पराजुलीले लोकतन्त्र र राष्ट्रियताको संरक्षण गर्दै राष्ट्रको समुन्नतिका लागि निरन्तर सजग, समर्पित एवं सक्रिय रहनुपर्नेमा त्यस्तो नभएको बताउनु भएको छ । अहिले जस्तै जब जब हामी बाटो बिराउँछौं तब तब हामीले वीपीलाई सम्झनुपर्छ ।’ वर्तमानमा लोकतन्त्र र राष्ट्रियतामाथि विभिन्न कोणबाट आक्रमण भैरहेको पराजुलीले बताउनु भएको छ ।

लोकतन्त्रकै आवरणमा यसलाई कमजोर पारिंदैछ, यस्तो दुष्प्रयास गर्दै राष्ट्रिय एकता, सामञ्जस्यता, मेलमिलापलाई कमजोर बनाउदै गरेको अबस्थामा वीपीको आदर्शले सही मार्गमा हिड्ने प्रेरणा मिलोस् प्रेस नोटमा पराजुलीले बताएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content