बारा । नेपाली का“ग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिव धु्रव यादवलाई प्रहरीले गरेको कुटपिटको बिरोधमा पाचदिन देखि जुलुश तथा आन्दोलन हुदै आएको छ । कुटपिटबाट घाईते बनेका भैयाराम यादबको स्वास्थ्य अबस्था जटिल बन्दै गएको छ । स्वास्थ्य अबस्था जटिल बनेपछि यादबलाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भईरहेको जनाईएको छ ।
सरकारमा रहेकै दलहरु आन्दोलनमा उत्रिएपछि प्रहरीप्रति जनमानिसको विश्वास घट्न थमालेको छ । प्रहरी कार्यालयमा न्यायका लागि पुगेका निहत्थाहरुमाथि अपराधि शैलीमा कुटपिटको बिरोध बढद्ै जानु प्रहरीले प्रहरी मेरो साथी भनी बर्षैदेखि सञ्चालन गर्दै आएको कार्यक्रमकौ औचित्य माथि प्रश्न उठेको छ । दुई पार्टीले गर्दै आएको आन्दोलनमा जनमत पार्टी र नागरिक उन्मुति पार्टीले समेत ऐक्यवद्धता जनाउदै आन्दोलनमा सहभागिता जनाएका छन् । प्रहरीको ज्यादतीको बिषयमा हरे दिन आन्दोलन गर्दै आएक चार दलले दुवै प्रहरीलाई निलम्बनको माग राख्दै आएका छन । यता प्रहरी ज्यादतीको बिरोधमा बाराका पालिकाहरुले समेत बिरोध गर्न थालेका छन ।
आधा दर्जन संघ सस्थाको बिरोध
आदर्श कोतबाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद र पचरौता नगरपालिकाका अध्यक्ष जलन्धर प्रसाद जैसबार र महागढीमाई नगरपालिककाका नगरप्रमुख उपेन्द्र प्रसाद यादब ट्रेड युनियन काग्रसका अध्यक्ष बिश्वमणी शर्मा, नेपाल मानव अधिकार संगठन बाराका अध्यक्ष सिकेन्द्र पासवान , प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादब समेतले घटनाको छानविन र दोषिमाथि कार्वाही गर्न माग गरेका छन । विभिन्न पार्टी र संगठनले बिरोध गर्दै प्रेस विज्ञप्ती समेत जारी गरेका छन ।
डिएसी पुरुषोतम सिह पाण्डेय र प्रहरी निरिक्षक रुपेश साह सहित घटनामा संलग्न दोषी प्रहरीलाई निलम्वन नगरे सम्म आन्दोलन जारी रहने नेपाली का“ग्रेस बाराका उपसभापति मनोज भट्टले बताएका छन । आन्दोलनकारीहरुले कलैयाको मुख्य चोक भरत चोकमा दिनहु टायर बाली प्रर्दशन गर्दै आएपनि घटना भएको एकसात हुन लागेपनि प्रमुख जिल्ला अधिकारी बिवाद अन्त्यका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।
मधेश प्रदेश प्रहरीले छानविन समिति गठन गरेपनि नाम सार्वजनिक नगरेको र बार्ता सम्वादका लागि पहल नगरेकाले आन्दोलन जारी राख्न बाध्य हुदै आएको आन्दोलनकारीहरुले जनाएका छन ।