बारा/ जिल्ला प्रहरी कार्यालयमा दुर्घटनाको बिषयमा भईरहेको छलफलमा सहभागी भएका बाराका दुई नेता प्रहरीकै कुटपिटबाट घाईते भएपछि एक हप्ता पछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले पाँच सदस्यिय छानविन समिति गठन गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक प्रविण पोख्रेलको संयोजकत्वमा प्रहरी निरीक्षक सन्जिव योन्जन, बरिष्ट प्रहरी नायब निरिक्षक सन्जिब साह, प्रहरी सहायक हवल्दार बिबेकानन्द झा, प्रहरी जवान सपना राज कोईराला रहेको पाँच सदस्यिय छानविन समिति गठन गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक पोख्रेलले हिजोबाट छानविनमा खटेको बताउनु भएको छ ।
नेपाली काग्रेसका सहमहामन्त्रीद्धय फर्मुला मंसुर र उमाकान्त चौधरीले पार्टीकै बैठकमा कुटपिटमा सम्लग्न प्रहरीमाथि कार्वाहीको माग गरेपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानविन समिति बनाएको हो । यस अघि बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले तीन सदस्यिय छानविन समिति बनेको बताए पनि नाम सार्वजनिक गरेका थिएनन भने छानविन समेत शुरु भएको थिएन । मधेश प्रदेशका प्रहरी नायब महानिरिक्षक जनक भट्टराईलाई पटक पटक सम्र्पक गर्दा समेत फोन सम्र्पकमा आएका थिएनन ।
नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिव धु्रव यादवलाई छलफलकै क्रममा गाली गलौज र कुटपिट पछि भैयाराम यादब अहिलेपनि उपचारमै छन । कुटपिटबाट घाईते बनेका यादबको स्वास्थ्य अबस्था जटिल बन्दै गएको छ । स्वास्थ्य अबस्था जटिल बनेपछि यादबलाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भईरहेको यादबका आफन्तले जनाएका छन् ।
प्रहरी कार्यालयमा न्यायका लागि पुगेका निहत्थाहरुमाथि अपराधि शैलीमा कुटपिटको बिरोध बढदै गएको छ । पाँच दलले आन्दोलन गर्दै आएकोमा उनीहरुले दुवै प्रहरीलाई निलम्बनको माग राख्दै आएका छन ।
दोषी प्रहरीलाई निलम्बन गर्न दुई सहमहामन्त्रीको माग
नेपाली काग्रेसको जारी केन्द्रिय समिति बैठकमा सहमहामन्त्री फर्मुला मन्सुरले आफनै पार्टी सरकारमा भएरपनि पञ्चायतकालमा जसरी बर्बर तरिकाले कुटपिट र दमन भएको छ । पार्टी सरकारमा हुदा आफनै पार्टीका सचिबको सुरक्षा नहुनु न्याय नपाउनु लाजमर्दो बिषय बनेको बताउनु भएको छ । कुटपिटमा सम्लग्नलाई तत्काल निलम्बन गर्न पार्टी सभापति र सरकारका मन्त्रीहरुलाई आग्रह गरेका छन ।
अर्का सहमहामन्त्री उमाकान्त चौधरीले गाली गलौज कुटपिट भएकोमा खेद ब्यप्त गरेका छन । कुटपिटमा सम्लग्न डिएसी पुरुषोतम सिह पाण्डेय र प्रहरी निरिक्षक रुपेश साहलाई तत्काल निलम्बन गर्न पार्टी सभापतिलाई आग्रह गरेका छन ।
पालिका तथा विभिन्न संगठनहरुको समेत बिरोध
प्रहरी ज्यादतीको बिरोधमा बाराका पालिका तथा विभिन्न संगठनहरुले समेत बिरोध गर्न थालेका छन । आदर्श कोतबाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद र पचरौता नगरपालिकाका अध्यक्ष जलन्धर प्रसाद जैसबार र महागढीमाई नगरपालिककाका नगरप्रमुख उपेन्द्र प्रसाद यादब, ट्रेड युनियन काग्रसका अध्यक्ष बिश्वमणी शर्मा, नेपाल मानव अधिकार संगठन बाराका अध्यक्ष सिकेन्द्र पासवान , प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादब समेतले घटनाको छानविन र दोषिमाथि कार्वाही गर्न माग गरेका छन ।
डिएसी पुरुषोतम सिह पाण्डेय र प्रहरी निरिक्षक रुपेश साह सहित घटनामा संलग्न दोषी प्रहरीलाई निलम्वन नगरे सम्म आन्दोलन जारी रहने नेपाली काग्रेस बाराका उपसभापति मनोज भट्टले बताएका छन । निलम्बनको माग गर्दै नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले प्रहरीमा मुद्या दर्ताका लागि निबेदन समेत दिएका छन ।