बारा । निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने बाराका ७८ जना उम्मेदवारलाई जरिवाना गरेको छ । आयोगले देशभर२४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेकोमा बाराका ७८ जना परेका हुन ।
तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । ७८ जनाले जनही १५ हजारका दरले ११ लाख ७० हजार बाराका उम्मेदबारहरुले जरिवाना बुझाउनु पर्ने भएको हो ।
अब जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नु पर्नेछ । निर्वाचन खर्चको विवरण ७ सात दिनभित्र सार्वजनिक गरी सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा सात दिनभित्र निवेदन सहित पेश गर्न पुनः आदेश दिने निर्णय पनि भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जरिवाना समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय भएको आयोगले जनाएको छ ।
बाराका ७८ जना को को छन् तल बिवरणमा छ