बारा । मोटरसाईकल चोरीमा सम्लग्न ७ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ । प्रक्राउ गरेकाहरुलाई प्रहरीले विहिबार सार्वजनिक गरेको हो । बिभिन्न मिति समयमा बारा जिल्लाको बिभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएका हुन् । १२ वटा मोटरसाइकल सहित मोटरसइकल चोरी गर्ने गिरोहका ७ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा न १६ मा बस्ने वर्ष १९ को विर्धोज वाईवा, सोही वडा बस्ने वर्ष १९ को सुदर्शन बोम्जन छन् । जिल्लाकै कलैया उपमहानगरपालिका वडा न २० मा बस्ने वर्ष २० को दिपेन्द्र कुमार महतो, सोही ठाउँका वर्ष १९ को राधेश्याम महतो र वर्ष २१ को सतेन्द्र कुमार गुप्तालाई नियन्त्रणमा लिईएको हो ।
यसैगरी बारा महागढीमाई नगरपालिका वडा न ९ मा बस्ने वर्ष २० को राजिनन्द महतो र रौतहट चन्द्रनिगाहपुर न.पा वडा न.२ मा बस्ने वर्ष २६ को पंचालाल बलोनलाई प्रहरीले मोटरसाईकल चोरीको आरोपमा विभिन्न मिति स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाका मानिसहरुलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक जयकृष्ण प्रसाद कुर्मीले जानकारी दिए ।