बारा । निकट भविष्यमै हुन गईरहेको ११ औ“ राष्ट्रिय खेलकुद प्रतियोगिता जीतपुरसिमरामा आयोजना गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले आग्रह गरेको छ ।
बाराको सिमरामा आएका संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई ज्ञापनपत्र दिदै उपमहानगरपालिकाले यस्तो आग्रह गरेको हो ।
खेलकुद मन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ११औ राष्ट्रिय खेलकुद प्रतियोगिता सिमरा रंगशालामा आयोजना गर्न आफूहरु तयार रहेको जानकारी सहित ज्ञापनपत्र दिएको बताउनु भएको छ । कार्यक्रममा मन्त्री लिम्बुलाई जीतपुर सिमराको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
नगरप्रमुख राजन पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री लिम्बुले ११औ“ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा गर्ने गरी छलफल भईरहेको बताउनु भएको छ । सिमरा रंगशालामा प्रतियोगिता आयोजना गर्ने बिषयमा पनि छलफल भईरहेको जानकारी दिनु भयो । सिमरा रंगशाला स्तरोन्नतिका लागि स“घीय सरकारले ५० लाख रुपिया“ विनियोजन गरिएको बताउनु भयो ।
उहा“ले ११ औ“ राष्ट्रिय खेलकुद जीतपुरसिमरामा आयोजना भयो भने यस क्षेत्रको आर्थिक गतिविधि र पर्यटन क्षेत्रको विकास हुने धारणा समेत राख्नुभयो । सबैको सहकार्यमा खेलकुदको बिकास गर्न सकिने बताउ“दै खेलकुदको माध्यमबाट आर्थिक, सामाजिक र सा“स्कृतिक बिकास गर्न जरुरी रहेको बताउनु भयो ।
मन्त्री लिम्बुले संघ, प्रदेश र स्थानीय सरकार समन्वय गरेर अघि बढ्नुपर्नेमासमेत जोड दिनुभएको थियो । उहा“ले स्थानीय सरकार र प्रदेश सरकारले पनि खेलकुद विकासका लागि विशेष चासो दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिंगले ११ औ“ राष्ट्रिय खेलकुद मधेश प्रदेशमा राख्न उत्साहित भएको धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बिभिन्न खेल क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।