जिल्लाका प्रादेशिक अस्पतालहरु रेफर सेन्टर बनेको छ –मन्त्री सिंह

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 695 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

कलैयामा ब्लड बैंक सञ्चालनमा, नया भवनको शिलान्यास

बारा । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री बीरेन्द्र प्रसाद सिंह जिल्लाका प्रादेशिक अस्पतालहरु रेफर सेन्टर बनेको बताउनु भएको छ । प्रदेश सरकारले भौतिक पुर्वधार, सामाग्री र जनशक्ती ब्यबस्थापन गरेपनि कर्मचारीहरले राम्रोसग सेवा दिन नसकेको बताउनु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ मा रहेको प्रादेशिक अस्पताल कलैयामा ब्लड बैंक भवनको शिलान्यास गनुहुदै मन्त्री सिहले सो कुरा बताउनु भएको हो ।

प्रादेशिक अस्पताल कलैयाको आयोजना र छाया नेपालको सहयोग १ करोड ८ लाख ४१ हजार ५ सय २३ को लागतमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ब्लड बैंक स्थापनाका लागि शिलन्यास गर्न बारा आएका मन्त्री सिहले भवन निर्माणका लागि शिलन्याससगै ब्लड बैकको उद्धघाटन समेत गर्नु भएको छ । हाल कलैया अस्पतालको पुरानो भवनमा ब्लड बैक शुरु गरिएको हो । सेवासगै ८ कोठा सहितको भवन निर्माणका लागि शिलन्यास समेत सम्पन्न भएको हो । अस्पतालको परिसर भित्र शनिबार एक कार्यक्रम बीच शिलान्यास तथा उदघाट्न गरिएको हो ।

भवनको शिलान्यास तथा उदघाट्न कार्यक्रमका प्रमुख अतिथि मन्त्री सिंहले भौतिक पुर्वधार, सामाग्री र जनशक्ती प्रदेश सरकारले दिदा समेत ईमान्दारिताका साथ काम नगर्ने कर्मचारीहरुलाई कार्वाहीको दायरामा ल्याउने बताउनु भयो । काम राम्रो नगर्ने कर्मचारीलाई दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार गर्ने सरकारको निति रहेको बताउनु भयो ।
प्रादेशिक अस्पताल कलैयालाई ५० बेडबाट १ सय शैयाको बेड थप गर्न अस्पतालमा के कस्तो आबश्यकता छ भन्ने पहिचान गर्न समिति समेत गठन गरेको मन्त्री सिंहले बताउनु भयो । उहाले मधेशको १३६ बटै स्वास्थ्य संस्थामा ल्याब स्थापनाको काम समेत गरेको बताउनु भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य महम्मद समीरले अस्पतालमा खाजाघरको आबश्यकता रहेको बताउनु भयो ।


मधेस प्रदेशका स्वस्थ्य तथा जनसंख्याका सचिव डाक्टर प्रमोद यादव, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, वार्ड नम्बर ६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुर, प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट बिकास साह, स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश यादव लगायतको सहभागिता रहेको थियो ।

भवन निर्माण सम्पन्न गर्न गराउन जेठ ३२ गतेका दिन छाया नेपालका कार्यकारी निर्देशक कमल थापा, प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट विकाश कुमार साह र अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाई बीच संझौता पत्रमा हस्ताक्षर भएको थियोे ।

शेयर
प्रतिक्रिया
Skip to content