मृगौला पीडित यूवतीलाई बुहारी संयुक्त आवाज बाराद्धारा सहयोग

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 702 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा–बाराको निजगढ–८ खयरघारीकी २० वर्षिया यूवतीको उपचार्थ मेचिमहाकाली बुहारी संयुक्त आवाज बाराले सहयोग गरेको छ ।

मृगौलामा समस्या देखिएपछि वीर अस्पतालमा उपचारत अन्जनी कुशवारको उपचारका लागि मेचिमहाकाली बुहारी संयुक्त आवाजमा आवद्ध महिलाहरुले रकम संकलन गरेर सहयोग गरेका हुन् ।

मृगौलामा समस्या देखिएपछि डाईलाईसि सुरु गरेकी अन्जनीको उपचारका लागि वडा कार्यालयले आह्वान गरेपछि मेचिमहाकाली बुहारी संयुक्त आवाजले २२ हजार अन्जनीकी मामालाई हस्तान्तरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएकी अन्जनी विगत केही वर्षदेखि आमासंगै काठमाण्डौंमा मजदुरी गर्दै आएकी थिईन् । स्वास्थ्य समस्या देखिएपछि हेटौंडा सामुदायिक अस्पतालमा लगिएकोमा आर्थिक अभाव भएको भन्दै आफन्तले वडा अध्यक्ष स्वर्ण लामालाई गुहारेका थिए

वडा अध्यक्ष लामाको पहलमा त्यहाँ भएको खर्च भुक्तानी गरेर थप उपचारका लागि वीर अस्पतालमा पु¥याईएको थियो । अन्जनीको आईतबारबाट डाईलाईसिस सुरु गरिएको छ ।
वडा अध्यक्ष लामाको आह्वानपछि मेचिमहाकाली बुहारी संयुक्त आवाजले आकस्मिक रुपमा रकम संकलन गरेर मृगौला पीडितको उपचारका लागि सहयोग जुटाईएको अध्यक्ष चन्द्रिका मगरले जानकारी दिईन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष लामा, संस्थाकी अध्यक्ष मगर, उपाध्यक्ष सगुन लामा, सल्लाहकार कल्पना खरेल, सचिव उषा लामा मोक्तान, पत्रकार महेश्वर अधिकारी लगायतले धारणा राखेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content