जीतपुरसिमराद्धारा नक्सापास नगरी बनेका घर भवनमा कडाई, अन्तिम पटकका लागि छुट

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नक्सापास नगरी बनेका घर भवनमा कडाई गर्ने भएको छ । नक्सापास नगरी घर टहरा बनाउने क्रम बढेसगै उपमहानगरपालिकाले एक पटकका लागि घरको अभिलेखिकरण गर्ने र त्यो समयमा पनि अभिलेखीकरण नगर्ने उपर कडाई गर्ने जनाएको छ ।

उपमहानगरपालिकाको आठौं नगर सभाबाट हालसम्म निर्माण भएका घरहरूको हकमा निर्माण सम्बन्धी मापदण्ड मापदण्ड संहिता पालना नभएको हकमा एक पटकलाई अभिलेखिकरणको सुविधा दिने निर्णय भएसगै एक पटकका लागि उपमहानगरले यो सुबिधा दिएको नगरप्रमुख राजन पौडेलले बताउनु भएको छ ।

 

 

आ.व. २०८०÷०८१ भित्र अभिलेखीकरण सुविधा प्रदान गर्ने निर्णय भए बमोजिम उपमहानगरपालिका भित्र हालसम्म निर्माण भएका घर र भवनहरूलाई नक्सा पास, नियमित वा अभिलेखीकरण गराउन उपमहानगरले सूचना समेत प्रकाशन गरेको छ ।

मापदण्ड र संहिता पालना गरि बनेको घर र भवनको नक्सा पास र नियमित गर्ने र अब निर्माण हुने घर तथा संरचनाहरू ईजाजत पत्र लिएर मात्र निर्माण भवन अनुमति तथा नियमन शाखा प्रमुख ईन्जिनियर अभय कान्त झाद्वारा जारी सूचनामा उल्लेख छ ।

शेयर
प्रतिक्रिया
Skip to content