बारा । जिल्ला अदालत बाराका श्रेस्तेदार नवराज जोसीलाई एक कार्यक्रम गरी विदाई गरिएको छ । जिल्ला न्याधिवतmाको कार्यालय तथा आर्दश कोतवाल गाँउपालिका, कर्मचारी मिलन केन्द्र लगायतकाले विदाई गरेका हुन ।
बाराबाट सर्वाेच्च अदालतमा सरुवा भएर जान लागेका उनलाई न्यायधिवतmा कैलास केसी खत्री र पालिकाका अध्यक्ष जवाहर प्रसादले माला, खादा तथा मायाको चिनो प्रदान गरी बिदाई गर्नुभएको थियो ।
सरकारी वकिलको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आर्दश कोतवाल गाँउपालिकाका प्रमुख जवाहर प्रसाद साहले जोशीको दुई बर्षे कार्याकालमा जनतालाई सेवा प्रभावकारी रुपले प्रदान गरेको बताउनु भयो । न्यायलयको कामकाजमा सक्रिय रुपमा भुमिका निर्वाह गरेको भन्दै फेरी भेटौला सहितको बिदाई कार्यक्रम भएको हो ।
मिलापत्र बाहेकका न्याय सम्पादन गर्ने काम निकै चुनौती पुर्ण रहेपनि अलिकति पनि बिचलित नभई कार्य सम्पादनमा सहयोगी भुमिका निर्वाह गरेको श्रेष्तेदार नवराज जोसीले बताए । बिचौलियाका कारण यदाकदा केहि त्रुटीहरु भएर जान सक्ने सम्भावना पनि जिवितै रहेको हुदा पनि आफुहरु निकै सम्वेदनशिल भई कामकाज गरेको बताए ।
जिल्ला न्यायधिवतmा केसीको अध्यक्षतामा सम्पन्न बिदाई कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष गुरु प्रसाद गौतम लगायतले आफनो बिचार ब्यतm गर्दै जोसीको गरेको कामको सराहना गरेका थिए ।