सिमरा । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बाराका ६५ किलोमिटर सिमाक्षेत्रमा रहेको छोटी भन्सार कार्यालय सञ्चालन गर्न अर्थमन्त्री डा प्रकाशशरण महतसँग माग गर्नु भएको छ ।
अर्थ मन्त्रालयका उच्च अधिकारीहरू सहित बारा पर्सा आएका अर्थमन्त्री डा महतसग प्रजिअ सापकोटाले छोटी भन्सार नहुदा राजस्व चुहावट हुने गरेको र ब्यापारी र नागरिकलाई समेत समस्या हुने गरेकाले पहिलेदेखिनै सञ्चालनमा रहेको सबै छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्न आग्रह गरेको तराई सञ्चारसग बताउनु भएको छ । उहाँले अहिले स्थानीय निकायहरुले २० किलोमा तीन पालिकाले राजमार्गमा एउटै चुगिकर लिने गरेकोले ब्यापारीहरुको गुनासो आउने गरेकाले चुगीकर समस्या समाधान माथिल्लो निकायबाटै गर्न आग्रह समेत गरेको बताउनु भएको छ ।
प्रजिअ सापकोटाले ढुङगा गिट्टी वालुवा प्रशोधन गर्ने क्रसर उद्योगहरु पहिले स्थापना भई मापद०डका कारण नविकरण नभएकाहरुको असाढ मसान्तसम्म म्याद समाप्त भएकोले पुनः निर्देशनका लागि आग्रह समेत गर्नु भएको छ ।
आन्तरिक राजस्व कार्यालय सिमरा बाराको निरीक्षण
अर्थमन्त्री डा प्रकाशशरण महतले बाराको सिमराका राजस्व सङ्कलन गर्ने कार्यालयको निरीक्षण समेत गर्नु भएको छ । अर्थ मन्त्रालयका उच्च अधिकारीहरू सहित अर्थमन्त्री डा महतले आन्तरिक राजस्व कार्यालय सिमरा, बाराको निरीक्षण गरेका हुन। अर्थमन्त्री महतले कार्यालयको निरिक्षण पश्चात कर्मचारी अधिकारीहरुको छलफल कार्यक्रम समेत गर्नु भएको थियो । कर्मचारीहरुको समस्या र सुझाव सुनेका अर्थमन्त्री डा महतले इमानदार भएर काम गरे राजस्वले लक्ष्य भेट्न सकिने बताउनु भएको छ ।
बारा र पर्साका गरी चारवटा राजस्व केन्द्रित कार्यालयको निरीक्षण अनुगमनपछि कार्यालयका कर्मचारीसँग छुट्टाछुट्टै राजस्व सङ्कलनमा उत्पन्न समस्या एवं चुनौतीका विषयमा जानकारी लिंदै कर्मचारीलाई सुझाव समेत दिनु भएको थियो ।
छलफलमा प्रमुख जिल्ला अधिकारीदेखि सुरक्षा निकायका प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियो भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिन सके राजस्व बृदी हुने बताउनु भएको छ । सबै कर्मचारी इमानदार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताउदै आयात नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएपनि बजारमा मालवस्तु भित्रिंदा समेत राजस्व घटिरहेकोले प्रश्न गर्ने ठाँउ दिएको बताउनु भयो ।
राजस्व सङ्कलनमा भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने भएकाले सबैले सहकार्य गरी राजस्व सङ्कलनमा जिम्मेवार बन्न सबैलाई आग्रह समेत गर्नु भएको छ । भन्सार नाका भन्दा बाहिरबाट मालवस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्ने मन्त्री महतले बताउनु भयो ।
Karmachari laai imandar hun nirdeshan dine janpratinidhi harulaai ke nirdeshan dine ho ni ????