बारा । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहले कवाडीको नाममा कच्चा पदर्थमा समेत लगाईएको आरोप लगाउदै कर हटाउन आग्रह गर्नुभएको छ । मन्त्री रिजालले यो कर नहटाए संघ सरकार समाधान निकाल्न छलफल गरी एक्सनमा जाने बताउनु भयो । उहाँले ब्यक्तीले आर्जन गरेको आय कर तिरेपनि एकिकृत सम्पती कर लगाएर दोहोरो कर विश्वमा कतै नभएको बताउनु भयो । स्थानीय सरकारले लिने गरेको दोहोरो कर तत्काल फिर्ता लिन समेत स्थानीय तहलाई आग्रह गर्नुभयो । फिर्ता नभएर केन्द्र सरकारले आवश्यक कदम चाल्ने उहाँले जोड दिनु भयो ।
सरकार नीजि क्षेत्रको साथमा रहेको बताउदै नीजि क्षेत्रको सबै समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भयो ।
जितपुरसिमरा उद्योग बाणिज्य संघको छैठो स्थापना दिबसका अबसरमा बाराको जीतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार मन्त्री रिजालले सो कुरा बताउनु भएको हो ।
मन्त्री रिजालले सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगले तिर्नुपर्ने जग्गाको भाँडा न्यून गरेर व्यवसायीलाई आकर्षित गर्ने योजना रहेको बताउनु भयो । निर्यातजन्य उद्योग स्थापना गर्न निःशुल्क जमिन समेत उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो ।
अतिक्रमणमा परेको चिनिमिलको जमिनमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको समेत बताउनुभयो । सरकारले चलाएका जिर्ण उद्योगहरुलाई अब निजी क्षेत्र समेतको सहभागिता सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
जितपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक दास, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य डा.सुबोध कुमार गुप्ता, उद्योग बाणिज्य महासंघका मधेश अध्यक्ष अशोक टेमानी, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, स्थानीय कृष्णब्रत सिंह, संघका पुर्व अध्यक्ष घनश्याम गिरी लगायतले उद्योग र स्थानीय उद्योग क्षेत्रका समस्याका बारेमा मन्तब्य ब्यप्त गर्नु भएको थियो ।
मागको आधारमा चामल निर्यात खोल्न भारत सहमत छ
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले मागको आधारमा चामल निर्यात खोल्न भारत सहमत रहेको बताउनु भएको छ । बाराको जितपुरमा आएका मन्त्री रिजालले पत्रकारहरुको प्रश्नको जवाफ दिदै सो कुरा बताउनु भएको हो । भारतले चामल आयातमा लगाएको प्रतिबन्ध बारेमा भारत सरकारलाई पत्रचार गरि सकेको समेत उहाँले बताउनु भएको छ ।
उहाँले नेपालको मागको आधारमा चामल पठाउन भारत सरकार तयार रहेको बताउनु भएको हो । उद्योगीहरुलाई कृषीमा पनि लगानी गर्न प्रेरित गर्नुपर्ने उहाँले बताउनु भएको छ ।
यता नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोध गुप्ताले भारतले चामलमा लगाएको प्रतिबन्धले नेपाल आत्तिनु पर्ने अवस्था नभएको बताउनु भएको छ । प्रचार गरिएजस्तो खाद्य संकट हुने अवस्था नभएको उहाँले बताउनु भएको हो ।