द एसोसियट प्रेसका अनुसार समाचार तयार पार्दासम्म बाइडेनले २ सय ६४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २ सय १४ इलेक्ट्रोरल मत पाएका छन् । हालसम्म बाइडेनले ५०.३ प्रतिशत र ट्रम्पले ४८.१ प्रतिशत मत पाएका छन् । मेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा टक्कर देखिएको छ । निर्वाचनमा जीत हात पार्नका लागि कुल ५ सय ३८ मध्ये स्पष्ट २ सय ७० इलेक्ट्रोरल मत आवश्यक हुन्छ । हालसम्म अधिकांश राज्यको मतगणनाको परिणाम आइसकेको छ ।