स्थानीय निकायले लगायको कुनै पनि कर खारेजी हुदैन– नगरप्रमुख पौडेल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 421 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले कसैले भन्दैमा स्थानीय निकायको कुनै पनि कर खारेजी नहुने बताएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार भन्दा बाहिरबाट कुनै कर नलगाएको भन्दै उनले कर खारेजीको प्रश्ननै जायज नरहेको बताएका हुन् ।
स्थानीय सरकारले आफनो अधिकार क्षेत्रमा बसेर लगाएको करको डेलिगेशन संघीय सरकारमा गएर समाधान हुन नसक्ने समेत ब्यापारीहरुलाई उनले बताए ।
जीतपुरसिमरा उद्योग बाणिज्य संघको छैठो स्थापना दिवसका अवसरमा बाराको जीतपुरमा आएका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले आयमा लाग्ने कर तिरेपनि एकीकृत सम्पती कर लगाएर दोहोरो कर लिन नमिल्ने बताएका थिए । यसकासाथै मन्त्री रिजालले कवाडी करको समेत बिरोध गरेका थिए । दोहोरो कर तत्काल फिर्ता लिन समेत स्थानीय तहलाई आग्रह गरेपछि नगरप्रमुख पौडेलको यस्तो भनाई आएको हो ।
नेपाल सरकारले दिएको अधिकारमै रहेर पटक पटकको छलफल गरी पास गरेको आर्थिक ऐन कार्वान्वयन हुन्छ । सम्शोधन वा परिमार्जन हुदैन । कुनै अस्पष्टता भए, कार्यान्वयनमा कुनै समस्या आएका भए समाधान निकाल्छौ । खारेजीको प्रश्नै आउँदैन नगर प्रमुख पौडेलले उद्योगी प्रशासनका पदाधिकारी सहितको हुलास स्टिलको कार्यक्रममा समेत बताएका हुन् ।

शेयर
प्रतिक्रिया
Skip to content