सिमरामा सुबिधा सम्पन्न आधुनिक इलाका प्रहरी कार्यालयको भवन सम्पन्न हुने अन्तिम तयारीमा

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

गुरुप्रसाद गौतम
सिमरा । बाराको सिमरामा सुबिधा सम्पन्न आधुनिक इलाका प्रहरी कार्यालयको भवन सम्पन्न हुने अन्तिम तयारीमा पुगेको छ ।
नेपाल प्रहरीको आधुनिकरण तथा सुदृढिकरण परियोजना अन्र्तगत सिमरामा निर्माण भई रहेको आवास सहितको प्रहरी कार्यालय निर्माणको अन्तिम चरण करिब ९५ प्रतिशत काम सम्पन्न भएको सब ईन्जिनियर हरेराम साहले जनाएका छन् । ९ कठा १० धुर जग्गा क्षेत्रफलमा निर्माण भई रहेको प्रहरी कार्यालय भवनको हस्तान्तरण यसै हप्ता गर्ने गरी बाकी रहेको फिल्ड सम्याउने, गेट, पार्किङ लगायतका बाहिरी काम मात्र बाकी रहेको फिल्डमा खटिएका सब ईन्जिनियर साहले बताए ।
लामा निर्माण सेवा प्रालि.ले २०७६ जेष्ठबाट काम शुरु गरेको र १२ महिनाको अबधि भएपनि कोरोना महामारी र विभिन्न कारणले चार महिना ढिला गरी काम सम्पन्न गर्न लागेको हो । बेलायती संस्था युनोप्सको सात करोड पचास लाख रुपैया सहयोगमा निर्माण सम्पन्न हुन लागेको इलाका प्रहरी कार्यालय भवनमा कार्यालय, आवास सहित थुनुवा कक्ष, महिला प्रहरीहरुका लागि छुट्ठै ब्यारेक लगायत, सेवाग्राही स्थल, पार्किङ लगायत सबै सुबिधा अन्तराष्ट्रिय स्तरको रहेको ईलाका प्रहरी कार्यालयका सिमराका डिएस्पी दिपक श्रेष्ठ बताउनु भयो । उहाँले अपाङ्ग महिलामैत्रीका साथै थुनुवा कक्ष अन्तराष्ट्रिय स्तरको रहेको बताउनु भयो । साठे दुई तले कार्यालयमा १२ कोठा रहेका छन् भने तीन तले आवास भवनमा पनि १२ कोठा रहेको बताउनु भयो ।
डिएस्पी श्रेष्ठले ठेकदार हस्तान्तरणको तयारी गरेपनि प्रहरीको ईन्जिनियरले सम्झौप्ता अनुसारको काम सम्पन्न भएको भनेपछिमात्र केन्द्र प्रदेशसँग समन्वय गरी उद्धघाटनको मिति निर्धारण गरिने बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content