सिमरा । बाराको सिमरामा शुक्रवार अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । न्यु सिमरा तेक्वान्दो डोजाङद्धारा शुक्रबार आयोजित प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मुलुकको समग्र विकासका लागि खेल क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । स्वस्थ्य रहन खेलको महत्व रहेको बताउदै खेलका माध्यमबाट पर्यटनको समेत विकास गर्न सकिने बताउनु भयो ।
उद्घाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतमले नेपालमा सबैभन्दा बढी पदक ल्याउने तेक्वान्दो संघ भएको बताउदै बिद्यालयस्तरबाटै खेलकुद हुनुपर्ने बताए । कार्यक्रममा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा , नेपाल तेक्वान्दो संघका मधेस प्रदेश महासचिव राजकुमार लामा लगायतले खेलको विकासका बारेमा मन्तब्य ब्यप्त गरेका थिए ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामा, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्साल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी, तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठ, नेपाल सितेरियो कराँते संघ बाराका अध्यक्ष सानु पटेल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाको व्यवस्थापन समितिका अध्यक्ष कल्याण आले, सिमरा फिटनेश सेन्टरका संचालक सुजन स्याङ्तान, नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका बबिन सुब्बा, अर्जुन लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
बारा, मकवानपुर र महोत्तरीको विभिन्न विद्यालयका एक सय ५० जना खेलाडीको सहभागिता रहेको थियो । न्यु सिमरा तेक्वान्दो डोजाङका अध्यक्ष बिजय शाह ठकुरीको अध्यक्ष्यतामा सम्पन्न समारोहको सहजीकरण रुवन थापाले गरेका थिए ।
अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न, राष्ट्रिय बिभुती टिम प्रथम
जीतपुरसिमरा २ स्थित रोयल इभेन्ट मेनेजमेन्ट भेन्युमा सम्पन्न प्रतियोगितामा राष्ट्रिय बिभुती शिक्षा सदन डुमरवाना टिम प्रथम भएको छ । बिभुतिले १२ स्वर्ण पदक ल्याएर टिम प्रथम भएको हो । त्यसैगरी टिम दोश्रो नेश्रोदय माबि निजगढ भएको छ ।
नेश्रोदयले चार स्वर्ण र ६ रजत ल्याउन सफल भएको हो । त्यसैगरी एक्स सर्भिसमेन चिल्र्डेन एकेडेमीले चार स्वर्ण ५ रजत पदक ल्यार तृतिय हुन सफल भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीमा पुरुष तर्फ एक्स सर्भिस एकेडेमीकोका सलिम गुरुङ भए । त्यसैगरी महिलातर्फ नेश्रोदय माबि नैना सहनी भए । बारा मकवानपुर र महोत्तरीको गरी कुल ९ विद्यालयको २४ तौल समुहका प्रतिस्पर्धा भएको थियो ।