बाराको सिम्रौनगढ नगरपालिकाकलाई सामान्य प्रशासन मन्त्रालयको स्पष्टीकरण

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा। बाराको सिम्रौनगढ नगरपालिकाकलाई चालु आर्थिक वर्षको बजेट अझै नल्याएका भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । कानुन अनुसार असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्ने भए पनि कात्तिक महिना बित्न लाग्दासमेत बजेट नल्याएका भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको हो । नगरपालिकाहरूलाई बजेट नल्याउनुको कारण खुलाएर पठाउन स्पष्टीकरण सोधिएको मन्त्रालयका सहसचिव वसन्त अधिकारीले बताउनु भएको छ ।
मन्त्रालयले बजेट नल्याएका १९ वटा गाउँपालिका र १६ वटा नगरपालिकालाई पत्र पठाएर १५ दिनभित्र जवाफ पठाउन भनेको हो । मन्त्रालयले तोकेको समयमा बजेट नल्याउने र सङ्घमा विवरण नपठाउने पालिकालाई नेपाल सरकारले प्रदान गर्ने अनुदान रोक्न सक्ने व्यवस्था समेत रहेको मन्त्रालयले स्मरण गराएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा आउँदो आर्थिक वर्षको राजस्व र बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गरार्इ असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ । असार १० गतेभित्र पेस भएको बजेट कम्तीमा असार मसान्तभित्र पारित गरिसक्नुपर्छ ।

शेयर
प्रतिक्रिया
Skip to content