दक्षिण एसियाली च्याम्पिएनसिपमा निजगढकी मनिषाको स्वर्ण

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.8k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । बारा जिल्लाको निजगढ निवासी लिला कुमारी सापकोटा मनिषाले भारतको हैदरवादमा यसै हप्ता अगष्ट ४ तारिकदेखि ६ तारिक सम्म सञ्चालन भएको दक्षिण एसियाली च्याम्पिएनसिप आइटिएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक ल्याएकी छिन ।

सापकोटाले पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकोमा जिरोगीको ४४ किलो तौल समुहमा स्वर्ण पदक ल्याएकी हुन । अन्य चार ईभेन्टमा तीन रजत र एक कास्य पदक हासिल गरेकी हुन । नेपालले कुल २२ स्वर्ण पदक जित्न सफल भएकोमा मनिषाले पनि स्वर्ण ल्याएकी हुन ।

प्रतियोगितामा भारतले पहिलो स्थान बनाएको हो भने दोस्रो स्थान नेपाली टिम र तेश्रो बंगलादेश भएको हो । हाल शसस्त्र प्रहरीमा कार्यरत सापकोटा बाग्देव तेक्वान्दो डोजाङकी खेलाडी हुन ।

शेयर
प्रतिक्रिया
Skip to content