सिमरा । जीतपुरसिमराका नगरप्रमुख राजन पौडेल निर्वाचित हुदै सपथग्रहणका समयमा गरेको पहिलो निर्णयलाई दोश्रोबर्ष पनि कार्वान्वयन गरेका छन ।
बाराका धेरै पालिकाले सपथग्रहणका समयमा गरेको निर्णय कार्वान्वयन नगरेपनि नगरप्रमुख पौडेलले निर्वाचित भएपछि पदभार ग्रहण गर्दै पहिलो निर्णय दोश्रो बर्ष पनि निरन्तरता दिएका हुन ।

सरकारी बिद्यालयका ५ कक्षा मुनिका बालबालिकालाई निशुल्क बिद्यालय ड्रेस उपलब्ध गराउने निर्णय गरेका पौडेलले निर्णय गरेको पहिलो बर्ष सबै बिद्यालयका बालबालिकालाई विद्यालय पोसाक बितरण गरेका थिए ।
नगरप्रमुख पौडेलले अहिले दोश्रो बर्षमा पनि बितरण गर्नु भएको हो । मंगलवार जीतपुरसिमरा उपमहानगरपालिकाका दुई विद्यालय फकिरा गिरी राजेश्वर गिरी मावि जीतपुर र नेपाल राष्ट्रिय नमुना मावि सिमराका बालबालिकालाई नगरप्रमुख पौडेलकै हातबाट नयाँ पोशाक बितरण भएको हो ।
विद्यालयमा अध्ययनरत् कक्षा १ देखी ८ सम्मका सवै छात्राहरु र दलित विद्यार्थीहरु करिव ४ सय लाई छात्रवृत्ति वितरण गरिएको छ । त्यसैगरी वालविकास देखी कक्षा ५ सम्मका सवै वालवालिकाहरुलाई पोशाक वितरण गरिएको विद्यालयका लेखा अधिकृत उद्धव अधिकारीले जानकारी दिए ।
विद्यालय भर्ना हुँदा विद्यार्थीलाई अब चाडपर्व जस्तै नगरप्रमुख पौडेल
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले विद्यालय भर्ना हुँदा विद्यार्थीलाई अब चाडपर्व जस्तै उत्सवको अनुभूती हुने बताएका छन् ।
मेयरमा निर्वाचित भएपछि गरेको पहिलो निर्णय कार्यान्वयन गर्न सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित विद्यालय पोशाक वितरण कार्यक्रममा बोल्दै मेयर पौडेलले विद्यालय भर्ना गर्न जाँदै गर्दा नगरपालिकाबाट नयाँ पोशाक पाईने भन्ने भएपछि विद्यार्थीमा चाडपर्व जस्तो अनुभुती हुने बताएका हुन् ।
यसले चाडपर्वको जस्तो उत्सवको मनोविज्ञान गराउँछ, मेयर पौडेलले भने–नयाँ पोशाक नहुँदाको दबाबको मुक्ति दिन्छ । भर्ना हुने वित्तिकै सबैले एकै पटक पोशाक लगाउने भएपछि एकरुपता कायम हुन्छ । यसले मनोविज्ञानका रुपमा धनी र गरिबको भावना हटाउन मद्दत गर्नेछ ।’
विद्यालय आउने साना बालबालिकालाई विद्यालय पोशाक अनिवार्य गरिएको हुन्छ तर अभिभावकका घरायसी अनेक समस्याका हुने भएकाले केहिले सुरुमै किनि हाल्ने र केहिले लामो समयसम्म पनि विद्यालय पोशाक खरिद गर्न नसक्ने अवस्था हुुने गरेको मेयर पौडेलले सुनाए ।
एक कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीको विद्यालय पोशाक नगरपालिकाले आफ्नो साधन स्रोतहरुबाट उपलब्ध गराउने निर्णय गरेको थियो । चालु शैक्षिक सत्रबाट सुरु गरिएको यो कार्यक्रमलाई आगामी वर्षका लागि पनि निरन्तर हुने गरि बजेट सुनिश्चित गरिएको मेयर पौडेलले जानकारी दिए ।
मेयर पौडेलले चुनावी घोषणालाई पूरा गरेको बताउँदै शिक्षा क्षेत्रको सम्मुनत विकासमा उपमहानगर लागि परेको धारण राखे । नगरपालिकाले शैक्षिक सुधारको अभियान थालेको भन्दै मेयर पौडेलले त्यसमा सहकार्य र सहयोग गर्न आह्वान समेत गरे ।
उपमहानगरले पालिकाभरिका एक देखि कक्षा ५ सम्म अध्ययनरत छात्रछात्रलाई यस वर्ष नयाँ पोषाक वितरण गर्दै उपमहानगर प्रमुख राजन पौडेलले निर्वाचन जिते लगत्तै पदभार ग्रहण कार्यक्रममा घोषणा गरेको कार्यक्रमलाई मूर्त रुप दिएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा सवैको सकारात्मक सहकार्य आवश्यक रहेको भन्दै वालवालिकाको सम्मुनत शैक्षिक विकासको समेत कामना गर्नुभएको थियो ।
कार्यक्रममा वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापनसमितिका अध्यक्ष तथा पदाधिकारी, शिक्षक अभिभावक र विद्यार्थीहरुकाको उपस्थिति रहेको थियो ।