कलैया । कलैया उपमहानगरपालिका २४ को श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रीज प्रा।लि।मा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगको प्रदुषणबाट जनजीन प्रभावित बनेको भन्दै स्थानियले उद्योगमा तालाबन्दी गरेका हुन् । स्थानीयले प्रदुषण नियन्त्रण र इातिपुर्तिको माग गरेका छन् । बाराको उद्योग क्षेत्र श्रीपुर,मझौलिया, उत्तरझिट्कैं लगायतका स्थानियले उद्योग विरुद्ध आन्दोलनमा उत्रिएका हुन । उनीहरुले सोमबार अपराहन्नबाट उद्योगको मुलगेट बन्द गरी धर्ना समेत गरेका छन् ।
प्रदुषण नियन्त्रण गर्न समुदायका तर्फबाट पटकपटक लिखित तथा मौखिक आग्रह गर्दा उद्योग ब्यवस्थापनले अटेर गरेका कारण संघर्ष समिति बनाएर आन्दोलन गर्नु परेको सदस्य ईन्द्रदेव कुशवाहले बताए । उद्योगबाट निस्कने धुँवा र धुलोले जनजीवन प्रभावित भएपछि अनिस्चतकालिन संर्घषमा उत्रिनु परेको उनले बताए ।
चिनी उद्योगबाट धानको भुसको खरानी उडेर स्थानियको जनजीन प्रभावित बनेको छ । उद्योगबाट उडेको धुँवा र धुलो घर, बारी, भात भान्छा तथा कपडामा द्धmर्ने गरेको छ । प्रदुषणले मानिसहरुका आँखा दुख्नु, टाउको दुख्ने, पखाला चल्ने श्वास प्रश्वासको समेत समस्या देखिएको स्थानियले बताएका छन् ।
२०७० साल असार ७ गते उद्योगसग विभिन्न प्रदुषण नियन्त्रण गर्ने विषयमा १८ बुँदे सहमती भएको भएपनि कार्वान्वयन नभएपछि आठबर्ष हुनै लाग्दा समेत उद्योगले कार्यान्वन नगरेको संघर्ष समितिका कुशवाहले बताए ।