कलैया । खेलकुल कर्मचारी संघ केन्द्रको कार्यक्रम अनुसार बारामा आन्दोलन भईरहेको छ । २८ बर्षदेखि बढुवा नभएको भन्दै जिल्ला खेलकुद विकास समिति बारामा पेन डाउन र हातमा कालोपट्टी बाधेर साउन २९ देखि आन्दोलन शुरु भएको हो ।
आन्दोलन भोली भाद्र ८ सम्म रहने र पछि केन्द्रको कार्यक्रम अनुसार अर्को कार्यक्रम सार्वजनिक हुने तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठले बताउन भएको छ ।