बारा । बाराको कलैया उपमहानगरपालिका २४ सखुईमा शोभालाल चौधरीको घरबाट सल्केको आगोले आगलागी हुँदा ८ वटा घर जलेर नष्ट भएको छ । आगलागिबाट मानविय क्षति नभएपनि अन्नपात, लत्ता कपडा गरी लाख बरावरको जलेको छ ।
स्थानीय ८ घरमा पुर्णरुपमा क्षति पुगेको छ । घरमा कोही नभएको बेला आगलागि भएका कारण मानवीय क्षती नभएको बताईएको छ । आगलागि भएका सवै घर फुसका भएको हुँदा ठूलो मात्रामा धनजनको क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिव १ घण्टा पछि आगो नियन्त्रणमा आएको समेत प्रहरीले जनाएको छ ।
आगलागीबाट शोभालाल चौधरी, रामऔतार चौधरी, रामलाल चौधरी, नन्दु चौधरी, सिशुपाल चौधरी, कारी चौधरी, बाबुराम अधिकारी थारु र राम किशोर चौधरीको घर जलेर पूर्णरुपमा नष्ट भएको वडा अध्यक्ष हरिलाल चौधरीले जानकारी दिए । आफुहरु सवै ज्याला मजदुरीका लागि काम गर्न गएका समयमा आगलागि भएको आउदा सवै घर खरानी भईसकेको पिडितले जनाएका छन् ।