कलैयामा शुरु भयो ‘प्रथम कलैया भेट्रान फुटबल प्रतियोगिता’

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 536 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा . बाराको सदरमुकाम कलैयामा प्रथम कलैया भेट्रान कप फुटबल प्रतियोगिता २०८० शुरु भएको छ ।

सहयोगी फुटबल क्लबको आयोजनामा कलैयाको श्री सिद्धेश्वर बिद्यालयमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको आज एक कार्यक्रमकाबिच नेपाली काग्रेसका जिल्ला सभापति एवं कलैया उपमहानगरपालिकाका पुर्व नगर प्रमुख राजेश राय यादवले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै यादवले खेल क्षेत्रको विकासको निम्ति आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । अखिल नेपाल फुटबल महासंघका मधेश प्रदेश संयोजक मुकेश शाहले खेल क्षेत्रले समाज परिवर्तन गर्न ठुलो भुमिका खेल्ने बताउनुभयो ।

उहाले पहिलो पटक आयोजना भएको भेट्रान प्रतियोगिताको सफल्ताको कामना समेत गर्नुभयो । कार्यक्रममा नेपाली काग्रेस बारा क्षेत्र नम्बर ४ ख का क्ष्ँेत्रीय सभापति लोकेश सिंहले प्रतियोगिताको सफल्ताको कामना गर्नुभयो ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला सहसचिव धुर्व यादव लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । अयोजक क्लबका अध्यक्ष गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका महासचिव रमेश साहले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो । आजदेखि शुरु भएको प्रतियोगिता भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १९ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद २५ हजार रुपैया पाउने आयोजक क्लबका अध्यक्ष बिनोद कुमार गुप्ताले जानकारी दिनुभयो । प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा हेटौडा भेट्रान विजयी भएको छ । धनुषा भेट्रान जनकपुरलाई ४–१ गोल अन्तरले पराजित गर्दै हेटौडाले विजयी शुरुवात गरेको हो ।

यसैगरी आजै भएको दोश्रो खेलमा विरगञ्ज सिटि फुटबल क्लब विजयी भएको छ । सिमरा भेट्रानलाई ४–० गोल अन्तरले पराजित गर्दै विरगञ्ज विजयी भएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content