बारा । बारा जीतपुरसिमरा निवासी संबिधान सभाका सदस्य एबम नेपाली काग्रेसका नेता डा. शोभाकर पराजुलीले कार्यकर्ताहरु दिग्भ्रमित भई रहेको बताउनु भएको छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तिको अबसरमा प्रेस नोट जारी गर्दै नेता कोईरालाले प्रेस नोट जारी गरेका हुन ।
२४ भदौ, जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तिको अबसरमा नेता कोईराललाले नेपाली काँग्रेस लगायत अधिकांश दल, शक्ति, समूह, व्यक्तिहरुले बीपीलाई आफ्नो स्वार्थ र सरोकार अनुसार चर्चा गरेको बताउदै नेता पराजुलीले जनताको चरम निराशा , लोकतन्त्र र संविधानमाथि आक्रमण भै राख्दा नेपाली काँग्रेसले कार्यकर्ताहरुलाई प्रष्ट दिशा दिन नसक्नु रहेको बताउनु भएको छ ।
तानाशाही व्यवस्था, निरंकुश राजाविरुद्द लड्न सजिलो थियो तर अहिले आँफैले आँफ्नैविरुद्द संघर्ष गर्न कठिन बनेको बताउदै उनले जात, धर्म, सम्प्रदाय, भाषा, संस्कृति, परम्परा आदिका बीच अझ बढी आदर, सम्मान र सामन्जस्यको आवश्यकता बताउनु भएको छ ।
रोग, भोक, अभाव, गरीबी, अशिक्षा, हिंसा, भ्रष्टाचार साझा शत्रु हुनुपर्ने भएपनि एकता, सहमति, सहकार्य र मेलमिलाप हुन नसकेको उनले बताएका छन ।
उनले राजनीति सेवा भएकोले हामीले धन नभै मन, मत र मद्यत पक्षमा आँफूलाई उभ्याउनु पर्ने बताउदै निष्ठा, आदर्श, त्याग र जीवन उत्सर्गको पाटोलाई कहिल्यै भुल्नु नहुने उनले बताएका छन ।
बीपी भने झै निर्णय लिन अप्ठ्यारो भएको बेला देशको माटो मुठ्ठीमा लिएर सोचौं अर्थात् अन्तरआत्मालाई सोधौं भने झै अध्याँरो थपिंदै गएको अहिलेको समयमा देश, जनता र लोकतन्त्रलाई शीरमा राखेर एकतावद्ध, क्रियाशील, निराश नबनौं, इमान्दारिता देखाऔं, आस्था र आदर्शर विचार मर्न दिन नहुने उनले बताएका छन ।