लक्ष्मी खरेल
विरगञ्ज । समाजिक कार्यमा अग्रसर संवाद फाउण्डेशन पर्साले तीजको अवसर पारेर तिन सय सतासी जनालाई निःशुल्क मेहेन्दी लगाएको छ । विरगञ्ज १ स्थित गायत्री मन्दिरमा आयोजित तीज विषेश मेहेन्दि कार्यक्रमका इच्छुक सहभागिहरुलाई निःशुल्क मेहेन्दी लगाइएकको हो ।
समय तथा पैसा अभावका कारण होटलमा हुने तीज कार्यक्रमहरुमा सहभागि हुन नसक्नेहरुलाई लक्षीत गरेर दर सहितको कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएकाछन् । सहयोगिहरुसँगको सहकार्यमा युवावर्गलाई संस्कृती जोगाउने तथा समाजसेवामा अग्रसर गराउने उद्देश्यले आयोजित कार्यक्रममा राधाकृष्ण मेहेन्दि ट्रेनिंग सेन्टरका युवतिहरुले सहभागिहरुको इच्छानुसार आकर्षक मेहेन्दि लगाइदिएका हुन् ।
कार्यक्रमका लागि आवश्यक मेहेन्दि वल्र्ड लिंकले उपलब्ध गराएको हो भने नवदिप एकेडेमीका छात्रछात्राहरुले तिजका विभिन्न गितमा नृत्य गरेर मनोरञ्जन प्रदान गरेका थिए । नेपालका लागि नेपाली पार्टीका केन्द्रिय सदस्य पिया सिंहको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कन्या माविका अन्नपूर्ण मानन्धर, राप्रपा महिला संगठन पर्साका अध्यक्ष अजिता पटेल, आयोजक संस्थाका क्षत्रिय सदस्य अमृता गुप्ता विशिष्ट अतिथि रहनुभएको थियो ।
संवाद फाउण्डेशन पर्साका संयोजक रोशन चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागि अतिथिहरु, सहयोगी संस्थाका प्रतिनिधीहरु, फाउण्डेशनमा आवद्ध युवाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । ५ सय भन्दा बढी महिलाहरुले नाचगानका साथ दर खाएको यस कार्यक्रमले माइतीको जिम्मेवारी निर्वाह गरेको भन्दै अतिथिहरुले प्रशंसा सहित धन्यवाद व्यक्त गरेका थिए ।