नेपाल शिक्षक महासङ्घलाई सरकारले वार्ताका लागि बोलायो

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 129 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेको नेपाल शिक्षक महासङ्घलाई सरकारले वार्ताका लागि बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै महासङ्घलाई वार्ताका लागि बोलाएको हो । विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा आज दिउँसो ३ बजे मन्त्रालयमा हुने वार्तामा सहभागी हुन विज्ञप्तिमा शिक्षक महासङ्घलाई आग्रह गरिएको छ ।
महासङ्घले अघि सारेका मागलाई सम्बोधन गर्न सरकार तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

शेयर
प्रतिक्रिया
Skip to content