राष्ट्रिय शिक्षा पुरस्कारबाट बाराका तीन जना सम्मानित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 852 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । शैक्षिक क्षेत्रमा योगदान दिएका बाराका तीन जना राष्ट्रिय शिक्षा पुरस्कार बाट सम्मानित हुनु भएको छ । सम्मानित हुनेमा प्रधानाध्यापक तर्फ जनता मावि. ककडी प्रसौनी कोल्हवी–७ का प्रधानाध्यापक चन्द्रदेव महतो, दुर्गा माध्यामिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अबधेश प्रसाद यादब, बिद्यालय कर्मचारी तर्फ श्री गौरीशंकर मा.वि निजगढ –८ का लेखा प्रमुख श्री रुद्रप्रसाद धिताल रहेका छन ।

राष्ट्रिय शिक्षा पुरस्कार बाट सम्मानित हुनु भएका धिताल पत्रकार समेत हुन । हरेक वर्ष सामुदायिक विद्यालयमा क्रियाशिल शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित ५० हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ।

शेयर
प्रतिक्रिया
Skip to content