कलैया । बारामा नयाँ प्रहरी प्रमुख आएसगै अबैध चोरी निकासी पैठारीका करोडौका समान पक्राउ परेका छन ।
नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेश प्रसाद काफलेआएसगै अवैध रुपमा भित्रिएको करौडौको समान दैनिकजसो पक्राउ पर्न थालेको छ ।
जितपुरबाट ७७ लाख २७ हजार मुल्य बराबरको सामान सहित तीन ट्रक पक्राउ परेको छ ।
जितपुर सिमरा उपमहानगरपालिका वडा न २१ अमलेखगंजमा बिलबिजक नभएको ३ वटा ट्रकमा लोड गरिएको सामान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगंज बाट संयुक्त रुपमा खटिएको टोलीले चेक जाँच गर्ने क्रममा सो मूल्य बराबरको समान प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनु भयो ।
वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ००८० नम्वरको ट्रकमा करिब २३ लाख १ हजार ८ सय २६ मुल्यको खुद्रा सामान रहेको प्रहरीको भनाई छ । त्यसैगरी ना ३ ख ७३११ नम्वरको ट्रकमा समेत २३ लाख २७ हजार १ सय ६० रुपैया मूल्य बरावरको सामान रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले नियन्त्रणमा लिएको ना ३ ख ४५६० नम्वरको ट्रकमा २५ लाख ९८ हजार ३ सय ४२ रुपैया बरावरको खुद्रा समान रहेका छ ।
त्यस्तै पिकअपमा लोड गरिएको पाँचवटा गाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौडा बाट महोत्तरी तर्फ जादै गरेको बा २१ च ८९९७ न को पिकअप गाडीमा अनलाईन बिल नभएको पाँच लाख मुल्य बराबरको पाँच वटा गाँई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।
त्यसैगरी गएराती बजेको समयमा बारा जितपुर सिमरा ०७ जितपुर स्थित खटिएको प्रहरीको विशेष टोलीले विशेष सूचनाको आधारमा बिरगंजबाट रौतहट तर्फ जादै गरेको ना.३ ख.४४९१ न.को ट्रकलाई रोकी चेक जाँच गर्दा विलबिजक भन्दा बढीको हार्डवेयर तथा खुद्रा सामानहरु बोकेर गईरहेको ३२ लाख छ हजार बराबरको हार्डवेयर तथा खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।
त्यसैगरी बारा जितपुरसिमरा १ पथलैया चोकमा बिशेष सूचनाको आधारमा विरगंजबाट रुपन्देही तर्फ जादै गरेको वा.प्र. ०३–००१ ख.२३११ नं.को ट्रक चेक जाच गर्ने क्रममा विल विजक भन्दा बढीको खुद्रा सामानहरू सहित पक्राउ परेको छ ।
करिब ५१ एकाउन्न लाख ४६ हजार बराबरको सामान र ट्रकको अन्दाजी मुल्य २५,००,००० गरी जम्मा ७६ लाख ४६ हजार बराबरको खुद्रा सामानहरु सहितको ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।