बारा । जंगली हात्तीको आक्रमणबाट आज विहान एक मानिसको मृत्यु भएको छ ।
जितपुर सिमरा १६ टांगिया बस्ती जाने बाटो स्थीत पूर्व पश्चिम लोकमार्गमा नाम थर वतन नखुलेका ५५ बर्षिय एक पुरुषको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
मानिस मृत्यु भएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा खटेको टोलीले जंगली हात्तीले आक्रमण गरेको, शरिरमा हात्तीले लछारेको जस्तो देखिएको अबस्थामा लास फेला परेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताउनु भएको छ ।
उक्त लाशको घट्ना स्थलबाट प्रारम्भिक मुचुल्का पश्चात पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया बारा पठाईएको छ । गत केही बर्ष यता हात्तीको आक्रमणबाट मृत्यु हुने क्रम बढदै गएको छ ।