बिहारमा मुख्यमन्त्री नितिशकुमारलाई धक्का, ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेर तेजस्वी यादवको उदय

तराइ संचार
तराइ संचार 1.5k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

गुरुप्रसाद गौतम
रक्सौल । भारतको बिहार राज्यमा भएको विधानसभा निर्वाचनमा पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ। पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवले आफ्नो दल, राष्ट्रिय जनता दललाई अग्रस्थानमा पुर्‍याउन सफल भएसगै यो परिणामलाई तेजस्वीको उदाउँदो राजनीतिक हैसियतको रुपमा धेरैले मानेका छन्। उनको दल र कङ्ग्रेससहितको महागठबन्धनले बहुमत जुटाउन नसकेपनि बिहारमा ठुलो पार्टी बनेर मुख्यमन्त्री नितिशकुमारको टाउको दुखाई बनेको छ । कोभिड–१९ महामारीकै बीचमा तीन चरणमा बिहारमा सम्पन्न मतदानमा करिब ५७ प्रतिशत मतदाता सहभागी भएको चुनाव आयोगले जनाएको छ। २४३ सदस्यीय बिहार विधानसभामा तेजस्वी यादव नेतृत्वको कङ्ग्रेस सहितको महागठबन्धनलाई ११० सिट प्राप्त भएको छ।

दोस्रो ठुलो पार्टीमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड जेडियुले केवल ४३ सिट जितेको छ। बीजेपी र जेडियुसहितको वर्तमान सत्ताधारी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडिएले १२५ सिट सहित सामान्य बहुमत पाएपछि वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने भएको छ । बिहारको वर्तमान सत्ता गठबन्धनमा यतिञ्जेल मुख्य भूमिकामा रहेका मुख्यमन्त्री नितिशकुमारलाई ठुलो धक्का पुगेको छ । गठबन्धनको नेतृत्व गर्दै उनले नै मुख्यमन्त्रीको पद सम्हाल्ने बीजेपीले बताइरहे पनि बीजेपीको भन्दा आफ्नो पार्टीसँग निकै कम सिट भएका कारण असहज परिस्थिति बनेको हो । तीन कार्यकाल मुख्यमन्त्री भइसकेका नितिशकुमार चौथोपटक पनि मुख्यमन्त्री हुने ढोका खुला भएपनि कम मत पाएका कारण नैतिक संकट पैदा भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content