बारा । नेकपा (एकीकृत समाजवादी) का परवानीपुरका नेता नेकपा (एमाले) फर्किएका छन् ।
बाराको परवानीपुर गाउ“ पालिका वडा नं –१ बुनियादमा नेकपा एमालेले परवानीपुर गाउ“ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एस) का पूर्व जिल्ला कमिटी सदस्य बलि राम ठाकुरलगायत दर्जनौं नेता,कार्यकर्ता एमालेमा फर्किएका हुन् ।
पार्टीमा फर्किका नेता तथा कार्यकर्तालाई एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एकबाल मिया“ले स्वागत गरेका थिए ।