खानेपानी उपभोक्ता तथा सरसफाइ समिति पथलैयामा लामाको प्यानल निर्वाचित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 993 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
बारा । बाराको पथलैया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सुरेशकुमार लामाको प्यानल निर्वाचित भएको छ ।
समितिको २५ औं साधारणसभाले सर्वसम्मत् नेतृत्व चयन गर्न नसकेपछि शनिवार भएको निर्वाचनमा लामा नेतृत्वको प्यानल निर्वाचित भएको हो ।
निर्वाचनमा लामा र अर्का उम्मेदवार खिलबहादुर कार्कीले प्यानल बनाएर चुनाव लडेका थिए भने अध्यक्ष पदमै राजकुमार डिमडुङले एकल उम्मेदवारी दिएका थिए । अध्यक्ष पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा लामा कार्कीसंग ७८ मतको मतान्तरले निर्वाचित भएका हुन् ।
लामाले दुई सय ७९ मत प्राप्त गर्दा कार्कीले दुई सय एक मत प्राप्त गरे । यसैगरी अध्यक्षका एकल उम्मेदवार डिमडुङले ७८ मत पाए । उपाध्यक्ष पदमा लामा प्यानलका तोयानाथ खनाल निर्वाचित भए । उनले तीन सय २२ मत प्राप्त गर्दा अर्का प्रत्याशी टिकादास मुल्मीले एक सय ९५ प्राप्त गरेका छन् ।
११ सदस्यीय कार्यसमिति चयनका लागि भएको निर्वाचनमा किरण आलेमगर तीन सय ६५ मत प्राप्त गर्दै सचिव पदमा निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्द्धी गौतम अधिकारीले एक सय ६७ मत पाए ।
यसैगरी कोषाध्यक्ष पदमा लाक्पा ग्याबु शेर्पाले तीन सय ३४ मत प्राप्त गर्दा अर्जुन लम्सालले एक सय ९१ मत पाए । सहसचिव पदमा खड्कराज तामाङ तीन सय २० मत पा“उदै निर्वाचित हु“दा दीपक बा“स्कोटाले एक सय ३९ र एकल उम्मेदवार सन्तोष कार्कीले ७० मत पाए ।
निर्वाचनबाट सदस्य पदमा दीप राई (३४६), प्रेमबहादुर लामा (३४४), दीपेन्द्रकुमार श्रेष्ठ (३३४), पार्वती श्रेष्ठ (३२७), लक्ष्मी भट्ट (३३२) र एकमाया जिम्बा (३२२) निर्वाचित भएका छन् ।
कुल ६ सय ४३ मतदातामध्ये निर्वाचनमा पा“च सय ७३ मत खसेको थियो । निर्वाचित पदाधिकारी र सदस्यलाई एक कार्यक्रमकाबीच सपथ ग्रहण र प्रमाणपत्र वितरण गरिने प्रमुख निर्वाचन अधिकृत शंकरकुमार आचार्यले जानकारी दिए ।
शेयर
प्रतिक्रिया
Skip to content