निजगढ— पुर्व मन्त्री तथा बारा क्षेत्र नम्बर १ का संघीय सभासद उमाकान्त चौधरीले शिक्षा र स्वास्थ्यको बिकासमा सबैले जोड दिनु पर्ने बताउनु भएको छ ।
बाराको निजगढस्थित बकैया ठाकुर आधारभुत बिद्यालयमा बस हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले शुक्रबार सो कुरा बताउनु भएको हो । बिद्यालय क्षेत्र सुधार र बिकास हुनुपर्ने कुरामा जोड दिदै नेपाली काग्रेश केन्द्रीय सदस्यसमेत रहनु भएका सासद चौधरीले बिद्यालयमा टाढाबाट आउने बिद्यार्थिलाई बस सञ्चालनपछि आवत जावतमा सहज हुने र दुर्घटनाबाट बच्न सकिने बताउनुभयो । सभासद चौधरीले बिद्यालयको बिकासका लागि सहयोग गर्न आफु सधै तयार रहेको समेत बताउनु भयो ।
बकैया ठाकुर आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरेश घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालले शिक्षाको विकासको लागि नगरपालिकाले सक्दो सहयोग गदर््ै आएको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर लामाले विद्यालयले विद्यार्थीहरुको सुविधाको लागि बस सचालन गर्ने प्रस्ताव गरेपछि आफुले पनि सहयोग गरेको बताउनुभयो ।
संघीय सभासद चौधरीको संसदीय विकास कोषको १५ लाख र निजगढ नगरपालिका वडा नम्बर ८ को १४ लाख रुपैया सहयोगमा विद्यालयले बस खरिद गरेको हो । प्रमुख अतिथि सांसद चौधरी, नगरप्रमुख खनालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेला्ई बसको साचो हस्तान्तरण गर्नुभएको थियो ।
कक्षा ८ सम्म अपध्यापन हुदै आए्को सो विद्यालयमा हाल ३ सय ८५ छात्रछात्रा अध्ययनरत छन । अग्रेजी माध्यमबाट पठनपाठन हुदै आएको सो विद्यालयमा निजगढ बाहेक जितपुरसिमरा उपमहानगरपालिका १७ टाँगियावस्ति, कोल्हवी र रतनपुरलगायतका क्षेत्रबाट विद्यार्थीहरु पठनपाठनको लागि आउने गरेका छन । विद्यालयमा कम्प्युटर, विज्ञान प्रयोगशालाको समेत सुविधा रहेको विद्यालयका प्रधानाध्यापक हिमेश घिमिरेले बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेश महासमिति सद्स्य पेमासिद्ध लामा, माला लामा, नेपाल पत्रकार महाहसंघ प्रदेश २ का प्रादेशिक समितिका सचिव गुरुप्रसाद गौतम, पत्रकार गोकुल घोरसाइने, उमेश सुनुवार, नवराज चौलागाईलगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक खडकबहादुर खुलालले गर्नुभएको थियो ।
बस हस्तान्तरण कार्यक्रम सम्पन्न, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सबैले जोड दिनुपर्ने पुर्व मन्त्री चौधरीको भनाइ
प्रतिक्रिया
प्रतिक्रिया