खानेपानी समितिको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 353 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पथलैया । खानेपानी उपभोक्ता तथा सरसफाइ समिति पथलैयाको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमरा वडा नं. १ का वडाअध्यक्ष हिरा बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेस जीतपुरसिमराका नगर सभापति छविलाल शर्मा, महाधिबेशन प्रतिनिधि श्यामबाबु गुप्ता, वडा सभापति राम अधिकारी उपसभापति राजकुमार थापा , माओवादीका यमनाथ ओझा, समाजवादीका रामदास धौजु, मजदुर नेताहरु बेनी तिमल्सिना, मिन प्रसाद आपागाई , भुवन राई , श्याम सुवेदी सुमन थापा मगर लगायतले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

पथलैया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सम्पन्न निर्वाचनमा बिजयी भएका सुरेशकुमार लामा अध्यक्ष, उपाध्यक्षमा तोयानाथ खनाल, सचिबमा किरण आलेमगर, कोषाध्यक्ष लाक्पा ग्याबु शेर्पा, सहसचिवमा खड्कराज तामाङ निर्वाचित भएका छन ।

निर्वाचनबाट सदस्य पदमा दीप राई, प्रेमबहादुर लामा, दीपेन्द्रकुमार श्रेष्ठ, पार्वती श्रेष्ठ, लक्ष्मी भट्ट र एकमाया जिम्बा निर्वाचित भएका थिए । निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमुख निर्वाचन अधिकृत शंकरकुमार आचार्य वडा अध्यक्ष गुरुङ लगायतले सपथ ग्रहण र प्रमाणपत्र वितरण गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content