सीमा क्षेत्रमा भूतपूर्व सशस्त्र प्रहरी सिंहको हत्या

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 379 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । भारतसंग खुल्ला सीमा जोडिएको बाराको पचरौता नगरपालिका वडा नम्बर १ स्थित नेपाल–भारत सिमास्थित दशगजा क्षेत्रमा हत्या गरिएको अवस्थामा एक जना पुरुषको शव भेटिएको भएको छ ।

सोमबार बिहान दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा स्थानीय ३३ वर्षीय अमरेश कुमार सिंहको शव भेटिएको हो । मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरिएको चोटपटक देखिएको बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए ।

काफलेका अनुसार मृतक सिंह पूर्व प्रहरी समेत हुन् । उनि सशस्त्र प्रहरीमा पा“च वर्ष जवानका रूपमा कार्यरत थिए । केही महिना अगाडि मात्रै उनले जागिर छोडेको काफ्लेले जानकारी दिए ।

स्थानीयवासीका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए । यद्यपि केही समय अघि मात्रै उनले रक्सी पसल पनि बन्द गरेका थिए । हाल उनी गाउ“मै खेतीपाती गर्दै आएका थिए ।

प्रहरीले सिंहको हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ । ‘तीन जनाले मिलेर सिंहको हत्या गरेको बुझिएको छ । हामीले दुई जनालाई नियन्त्रणमा लिइसकेका छौ“ । तेस्रो व्यक्तिको खोजी कार्य जारी छ,’ काफ्लेले भने, ‘के कारणले हत्या गरेको हो भन्ने अहिलेसम्म पनि खुल्न सकेको छैन ।’ पक्राउ पर्नेमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतो रहेको उनले जानकारी दिए ।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपाल तर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिन पहिला सिंहस“ग झगडा समेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content