सिमामा फेरी गोली प्रहार गरी हत्या,  पूर्व प्रहरी मारेको अभियोगमा ४ जना पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 391 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय
बारा । भारतको सीमा क्षेत्र बाराको पचरौता नगरपालिकामा पुर्व शसस्त्र प्रहरीको हत्या भएको २४ घण्टा बित्न नपाउदै फेरी भारतीय नागरिक अजित कुमार सिंहको हत्या भएको छ ।
भारत मोतिहारी जिल्ला सुक्लहिया गाउ १ बस्ने राम पुकार सिहको छोरा २२ बर्षिय अजित कुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो ।
हिजो मंगलबार साझ नेपाल–भारत सीमा पचरौता ६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक दुई वटा मोटरसाईकलमा आएका समुहले गोली प्रहार गरी भारत प्रबेश गरेका हुन ।
मृतकसगै निवासी सुजित कुमार सिंह, चञ्चल पाञ्डे, मनिष कुमार सहनी र कामेश्वर सहनी दुईवटा मोटरसाईकलमा नेपाल प्रवेश गरेको र बाईकमा पछाडि बसेका सिंहले निज मृतक सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै पुगेको प्रहरीले घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद गरेको प्रहरी उपरिक्षक सुरेश काफलेले बताउनु भएको छ ।
 एक दिन अघि सोही नजिक पुर्व शसस्त्र प्रहरी स्थानीय ३३ वर्षीय अमरेश कुमार सिंहको हत्या भएको थियो ।
केही समय अघि मात्र  सिम्रौनगढमा एसएसबी जवान बगहा गाउँ निवासी धर्मेन्द्र कुमारको गोली हानी हत्या गरिएको हो ।
सिमा क्षेत्रमा खुलेयाम तस्करी हुदै आएको छ । अनगिन्ती मदिरा भट्टी संचालन एकातर्फ छ भने अर्को तर्फ तस्करीका कारण हत्याको क्रम बढेको छ भने सिमा क्षेत्र असुरक्षित बन्दै आएको छ । खुल्ला सिमाका कारण अपराधिहरुले मोटरसाईकलमा नेपाल आउने र गोली प्रहार गरी भारत छिर्ने क्रम बढेको स्थानीयले बताएका छन ।
सिमा क्षेत्रमा आधा दर्जन बढीको हत्या भएपनि सुरक्षा ब्यबस्था मजबुद हुन नसकेको स्थानीय रामेश्वर मेहताले बताए ।
यता  नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको आशंकामा दुई जना भारतीय नागरिक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिनपहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढमा मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई निवेदन पनि दिएकामा दुवै पक्षलाई छलफलका लागि बेलाएको भए पनि सुतिरहेको अवस्थामा घरमा गई मृतक सिंहलाई बोलाएर दशगाजातर्फ लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ । घटनामा संलग्न एकजना फरार रहेका छ ।
शेयर
प्रतिक्रिया
Skip to content