हातेमालो र घण्टीमाई साकोस सिमराको बार्षिक साधारणसभा सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 583 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

लक्ष्मी खरेल
सिमरा । उत्कृष्ट कारोबार सँगै नेतृत्वमा समेत महिला सहभागितामा जोड दिएर उदाहरणीय छवि बनाएको घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । शनिवार बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित साकोसको आफ्नै भवनमा आयोजित कार्यक्रममा उनीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।


घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारण सभा तथा अधिवेशनबाट सर्वसहमतीमा निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई निर्वाचन अधिकृत डम्बर खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रमको बारा क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले उद्घाटन गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका पूर्व साँसद सुन्दर विश्वकर्मा, जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका सहकारी विभाग प्रमुख सुधन चौधरी लगायतले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।


निर्वाचित कार्यसमितिको अध्यक्ष कोपिला सिंखडा, उपाध्यक्षमा भुवप्रसाद ढकाल, सचिवमा त्रिलोक विक्रम शाह, सहसचिव सुकदेव सिंखडा, कोषाध्यक्षमा कमल पौडेल, सदस्यहरुमा तोयनाथ लुइटेल, माधवप्रसाद सापकोटा, रुद्रप्रसाद खतिवडा, प्रेमकुमारी ढकाल, सुशिला खनाल अधिकारी, सुधा ओली, पुनम कुमारी चौधरी र निल सिग्देल खड्का निर्विरोध निर्वाचित हुनुभएको थियो ।


यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजकमा नवराज न्यौपाने, सदस्यहरुमा सविता तिवारी र जानुका भण्डारी निर्वाचित हुनु भएको थियो । स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, साकोसका शेयर सदस्य तथा कर्मचारीहरुको उत्साहजनक उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाकी अस्मिता शर्माले गरेकी थिइन् ।

यसैगरी  हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाराको १६ औं बार्षिक साधारणरसभा सम्पन्न भएको छ । शनिबार बाराको जितपुरसिमरा उपमहानगरपालिका २ मा रहेको सिमरा स्थीत थानिमाई सामुदायिक वन (सिमरा पार्क) मा सम्पन्न भएको हो ।


संस्थाको १६औं बार्षिक साधारणसभाले १५.५२ लाभाश वितरण गर्ने निर्णय गरेको छ । कार्यक्रमका विच सबै भन्दावढी कारोबार गर्ने योगदानकर्ता १४ जनालाई शंरक्षीत कोषको रकम वितरण गरेको छ । ३ हजार ९ सय ७४ जना सदस्यका विच ६३ करोड ९५ लाख १९ हजारको कारोबार गरिरहेको संस्थाले २ करोड ५० लाख ५८ हजार मुनाफा गरेको जनाएको छ ।

साधारण सभाको उद्घाटन गर्दै पूर्व मन्त्री तथा संघिय सांसद कृष्ण कुमार श्रेष्ठले सहकारीले आफ्ना सदस्यको हितमा काम गर्दै उनीहरुको मन जित्न सके मात्रै सफलता हात लाग्ने बताए । श्रेष्ठले सहकारीको नामका विच उत्कृष्ट बाराको हातेमालो साकोस बारे आफुले निकै सकारात्मक चर्चा सुनेको बताए । उनले अहिले सम्म आफ्नो क्षेत्रका सहकारीले सेवाग्राहीलाई पिडामा नपारेको विषयले हर्षित बनाएको बताए ।
धेरै ठाउँमा सहकारीले ठगेर भागेका विषय जोड्दै श्रेष्ठले भने “म सहिकारीबाट ठगिँए भन्दै जिल्लाका कसैले गुनासो गरेको मैले पाएको छैन । म यस मानेमा आफुलाई भाग्यमानी ठान्छु”।


कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, एमाले नेता एवं पूर्व प्रदेशसभा सदस्यहरु सुन्दर विश्वकर्मा, सीता गुरुङ्ग, जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघका संचालक हरेराम पटेल, संस्थाका संस्थापक अध्यक्ष डा. कृष्ण पौडेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


स्थानिय विभिन्न विद्यालयका छात्रछात्राले सांस्कृतिक प्रस्तुती पस्केको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्की, वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, नेकपा एमालेका प्रदेश सदस्य मनोज पौडेल, नेपाली काँग्रेसका नगर समिति सभापति छवी शर्मा, नेकपा माओवादीका नगर अधयक्ष प्रेम बराल, जनकल्याण सकोसका अध्यक्ष कमला घिमिरे, सिमरा महिला साकोसका काोषध्यक्ष गीता शर्मालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सहकारी क्षेत्रका प्रतिनिधि, शेयर सदस्यको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष यज्ञ बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संजय साहले स्वागत गरेका थिए भने संचालक दिपक भट्टले कार्यक्रम संचालनमा गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content