बारा । बाराका अधिकाश स्थानीय तहले नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत प्रयोग गरेर महशुल नबुझाए पछि प्राधिकरणले ताकेत गरेको छ ।
स्थानीय सरकारलाई ४५ दिनको समय दिएर सुचनानै निकालेको छ । सूचना अनुसार बाराका अधिकाशं स्थानिय तहहरुले बर्षै देखी सडक बत्तीबाट उठेको विद्युत महशुल बुझाएका छैनन । बाराको कलैया उपमहानगरपालिकाले ६ करोड ८९ लाख भन्दा बढी तिर्न बाकी रहेको छ ।
महागढिमाई नगरपालिकाको २ करोड ७० लाख, सिम्रौनगढ नगरपालिकाको १ करोड ५९ लाख, जीतपुरसिमरा उपमहानगरपालिकाको १ करोड २२ लाख, फेटाको गाँउपालिकाको १ करोड ४९ लाख, देवताल गाँउपालिकाको १ करोड २० लाख, प्रसौनी गाँउपालिकाको १ करोड १८ लाख, कोल्हबी नगरपालिकाको १ करोड २५ लाख, विश्रामपुर गाँउपालिकाको १ करोड ३ लाख, बारागढी गाँउपालिकाको ९१ लख, करैयामाई गाँउपालिकाको ९० लाख, पचरौता नगरपालिकाको ८३ लाख, परवानिपुर गाउँपालिकाको ५६ लाख, सुर्वणपुर गाँउपालिकाको ५५ लाख, निजगढ नगरपालिकाको ५ लाख तिर्न बाकी रहेको छ ।
तोकिएको समयसीमा भित्र बक्यौता महशुल नबुझाए नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल सक्कलन विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ ।