कमेडी शो महा गफड़ीमा बाराका शुभम सिंह छनौट

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.6k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । ढाका टोपी फिल्म्सको प्रस्तुति कमेडी रियालिटी शो महा गफड़ी कार्यक्रममा बाराका शुभम सिंह टप १८औमा छानिएका छन ।

सयौ सहभागिले भाग लिएको नेपालकै सब भन्दा ठूलो ऑडिशन भनिएको कमेडी रियालिटी शोमा टप १८ मा छनौट भएपछि सिंहको सामाजिक सञ्जालमा बधाई आउन थालेको छ ।

कलैयाको बाल एकता बोर्डिंग स्कूल को कक्षा १० मा अध्यनरत सिहका पिता राजेश सिहले मधेश प्रदेशबाटै एकमात्र आफनो छोरा अडिसनमा छनौट भएकोमा खुशी प्रकट गरेका छन । हास्य ब्यंग्य कलाकारको रूपमा परिचित सिह सानै उमेरदेखि हास्य कला क्षेत्रमा रुची राख्ने गरेका थिए ।

बाराको फेटा गाउँ पालिका को वडा नं. ७ गम्हरिया घर भएका सिह हाल कलैया ५ मा बस्दै आएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content