सिमरा । बाराको मानवत मतिअर्वा सडक खण्ड अन्तरगत जैतापुर बाट कलैया आउदै गरेको ना १ ज २८७९ टाटासुमो कलैया उपमहानगरपालिका २४ को वेलवाडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सडक नजिकैको विधुतको पोलमा ठोक्कीएर दुर्घटना भएको हो । दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा न १५ जैतापुरकी ३० बर्षिया सुखी धामीको मृत्यु भएको हो ।तिब्रगतीका कारण घुमाउरोमा अनियन्त्रीत हुदा सुमो पोलमा ठोकिएर दुर्घटना हुन पुगेको को अस्थायी ट्राफिक प्रहरी कार्यालय कलैयाले जनाएको छ । दुर्घटनामा सुमोका चालक रामभजन धामी,सावित्री चौधरी, सरस्वती धामी लगायत गम्भीर घाईत भएका छन् । उनीहरुको विरगजस्थीत गण्डक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ