क्रसर उद्योगको नयाँ मापदण्ड, लाईसेन्सका लागि निवेदन आह्वान

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 754 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । सरकारले क्रसर उद्योगको नयाँ मापदण्ड तय गरी आईतबारबाट लाईसेन्सका लागि निवेदन आह्वान गरेको हो ।


क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमण सम्बन्धी प्रक्रिया तथा मापदण्ड २०७७ उद्योगीहरुको हकमा नरहेको भन्दै क्रसर ब्यबसायी आन्दोलन गर्दै आएका थिए । मापदण्ड २०७७ को मापदण्डमा भएका प्रावधान र दुरीका कारण दर्ता र नविकरण गर्न नपाएका क्रसर उद्योगीहरुको हित हुने गरी विभागले क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमण सम्बन्धी प्रक्रिया तथा मापदण्ड २०८० बमोजिम सहज बनाएर ढुंगा, गिट्टी तथा बालुवा प्रशोधन गर्ने उद्देश्यले विभागमा निवेदन आह्वान गरेको हो ।

कारबाही प्रक्रियामा रहेका उद्योग र नयाँ दर्ता प्रयोजनका लागि समेत निवेदन दिन सकिने गरी निबेदन आह्वान गरेको हो । ढुंगा, गिट्टी तथा बालुवा प्रशोधन गर्ने उद्योगहरुलाई क्रसर उद्योगको लागि दुरी सम्बन्धी मापदण्डमा नेपाल सरकारद्वारा जारी गरिएको प्रचलित ढुङ्गा, गिट्टी, वालुवा उत्खनन विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्डमा उल्लेख भएको क्रसर उद्योग सञ्चालनका लागि तोकिएको दुरी सम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ । उक्त दुरी सम्बन्धी मापदण्ड निम्नानुसारको निकायबाट प्रमाणित गरी पेश गर्नुपर्नेछ र सोही प्रमाणित कागजातका आधारमा उद्योग विभागले अन्य प्रक्रिया शुरु गर्नुपर्ने भन्ने वाक्याश राखेर मापदण्डमा दुरी नै हटाएर मापदण्ड २०८० जारी गरेको हो ।


मापदण्ड २०७७ मा भने दुरी राखिएको थियो । मापदण्ड २०७७ मा दुरी सम्बन्धि यस्तो ब्यबस्था रहेको थियो ।
राजमार्गको राईट अफ वे बाट ५०० मिटर, खोला वा नदी किनारबाट ५०० मिटर, शिक्षण संस्था, स्वास्थ संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट २ किलोमिटर , पक्की पुलबाट ५०० मिटर, अन्तर्राष्ट्रिय सिमा, वन, निकुञ्ज तथा आरक्ष, घना बस्तीबाट २ किलोमिटर रहेको थियो । त्यस्तै हाईटेन्सन लाईनबाट २०० मिटर, ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट ५०० मिटर , चुरे पहाडको फेदीबाट १५०० मिटर रहेको थियो । उद्योग स्थापना गर्न दुरी सम्बन्धी मापदण्डकै कारण क्रसरहरुको दर्ता र नविकरण हुन सकेको थिएन ।

2077


सरकारले अब सरकारद्वारा जारी गरिएको प्रचलित ढुङ्गा, गिट्टी, वालुवा उत्खनन विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्डमा उल्लेख भएको क्रसर उद्योग सञ्चालनका लागि तोकिएको दुरी सम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ भन्ने वाक्याश मात्र राखेर दुरीनै हटाएर मापदण्ड तयार गरेको हो । योसगै मापदण्डले केही सहजता बनाएको क्रसर ब्यबसायीहरुले जनाएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content