खरेलको अध्यक्षतामा सर्वसम्मत कार्य समिति चयन गर्दै सम्पन्न भयो सिमरा महिला साकोसको १६औं साधारण सभा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 343 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

लक्ष्मी खरेल
सिमरा । कार्यकौशलताले उत्कृष्ट पहिचान बनाउँदै गरेको सिमरा महिला साकोसले मुना खरेलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । थानीमाई वन समितिमा शनिबार सम्पन्न साकोसको १६ औँ वार्षिक साधारण सभाले खरेलको अध्यक्षतामा सर्वसम्मत कार्य समिति चयन गरेको हो । सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति पनि निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा भिमादेवी शर्मा, सचिवमा गीता शर्मा, सहसचिवमा निलम चौधरी , कोषाध्यक्ष सनम पौडेललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सावित्री बि.क, किरण कुमारी, शान्ताकुमारी गौतम, सुस्मिता ढकाल, ईश्वरी ढकाल, भगवतीया चौधरीलाई सर्वसम्मत चयन गरेको निर्वाचन समिति संयोजक सुधन चौधरीले जानकारी दिए ।


त्यसैगरी उर्मिला सापकोटाको संयोजकत्वमा चयन भएको लेखा सुपरीवेक्षण समितिमा सुमित्रा तिमल्सेना, सरिता पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

मधेश प्रदेश सांसद मञ्जु थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभाको उद्धघाटन सत्रमा संस्थाका निवर्तमान् अध्यक्ष अनिता लम्सालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा उद्धघाटन पश्चात् बौद्धिक एवं शालिन व्यक्तित्व सहकारी विज्ञ एवं जीतपुरसिमराका प्रथम नगर प्रमुख स्व. डा.कृष्ण पौडेलको सामाजिक योगदानलाई स्मरण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना सहित तस्वीरमा पुष्पगुच्छाका साथ श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।


संस्थाका कोषाध्यक्ष गीता शर्माले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा समिति संयोजक सरस्वती गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिकाका सहकारी प्रमुख सुदन चौधरी, जिल्ला सहकारी सँघका प्रतिनिधि मुकुन्दबहादुर क्षेत्री, नेपाली काँग्रेसकी नेतृ नारायणी रायमाझी निरु, घण्टीमाइ साकोसका तोयनाथ लुइटेल, संगालो साकोसका रत्न प्रसाद उप्रेती, साकोसका संस्थापक अध्यक्ष पुण्यवति कँडेल, हातमालो साकोसका सञ्जयकुमार साह, औराहा पशुपालन सहकारीका रमेश खरेल, औराहा उपभोक्ता सहकारीका पूर्णचन्द्र तिमल्सेना, जनकल्याण वचत तथा ऋण सहकारीका कृष्ण रिमाल लगायतको सहभागिता रहेको थियो ।


उत्कृष्ट वचतकर्ता, उत्कृष्ट कारोवारकर्ता, उत्कृष्ट समूह, उत्कृष्ट समाजसेवीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा मुना खरेलको स्वागत गर्नुका साथै संगीता भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

शेयर
प्रतिक्रिया
Skip to content