सप्तरङ्गी साकोसको १२ औं साधारणसभा सम्पन्न, केसीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 318 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

लक्ष्मी खरेल
सिमरा । सप्तरङ्गी बचत तथा ऋृण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बाराको रजघट्टामा सम्पन्न सभाले शोभा केसीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।

न्वनिर्वाचित कार्य समितिको उपाध्यक्षमा शिवशंकर चौधरी, सचिव अनिल चौधरी , कोषाध्यक्षमा बिदुर खड्का चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजेन्द्रप्रसाद भट्टराई, कृष्णप्रसाद पुडासैनी, लक्ष्मी मैनाली, मनोज न्यौपाने र बाबुराम वाग्ले चयन भएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।


यसैगरी निर्विरोध निर्वाचित लेखा समिति संयोजकमा लवप्रसाद थपलिया तथा सदस्यहरुमा सुनिल बराल र सुष्मा कुमारी पोखरेल छन् । निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक भवन खड्काले आजै पद तथा गोपनियताको सपथ ग्रहण खुवाएका छन् ।


सप्तरंगी साकोसको साधारण सभा उद्धघाटन सत्रको उद्धघाटन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्देश्य मिल्ने सहकारीहरु विच एकता हुनु अहिलेको आवश्यकता रहेको औंल्याए ।

कार्यक्रममा सप्तरंगी समाज सेवा पुरस्कार, दैनिक वचतकर्ता, उत्कृष्ट कारोबार कर्ता, जेष्ठ नागरिक, उत्कृष्ट वचतकर्ता लगायतलाई दोसल्ला ओढाइ सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा संविधान सभा सदस्य जयराम दाहाल, बारा जिल्ला बचत तथा ऋण सहकारी सँघका अध्यक्ष सतेन्द्र ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, घण्टीमाई साकोसका अध्यक्ष कोपिला सिंखडालगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा १ हजार ४ सय ३५ महिला र १ हजार ५ सय १३ पुरुष गरी २ हजार ९ सय ४९ शेयर सदस्य रहेको जानकारी गराइएको थियो । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले यस वर्ष ३९ लाख २० हजार ७ सय २१ रुपियाँ खुद नाफा गरेको राजुप्रसाद अधिकारीले जानकारी दिए ।


संस्थाका सचिव रामबहादुर चौधरीले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष शोभा के सीले स्वागत मन्तव्य राखेकी थिइन् ।

शेयर
प्रतिक्रिया
Skip to content