सिमरा। बाराका विभिन्न सीमा–नाकाबाट प्रहरीले ४८ लाख ६१ हजार मुल्यको कपडा र किराना सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार भारतबाट भन्सार छलेर नेपालतर्फ सामान ल्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ भने अवैध मालसामान ओसार पसारमा प्रयोग भएको प्र–३–०१–०२२च ७०७० नम्बरको कार र एउटा मोटरसाईकल पनि प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । बरामद सामान र सवारी भन्सार कार्यालय बिरगन्जमा बुझाइएको प्रहरीले जनाएको छ ।
बारा प्रहरीले ४८ लाख ६१ हजार मुल्यको कपडा र किराना सामान बरामद

प्रतिक्रिया
प्रतिक्रिया