उद्योगीहरु समस्या समाधान गर्न आफु तयार रहेको मन्त्री रिजाल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 674 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बाराको सिमरामा निर्माणाधिन सेजको काममा उद्योगीहरु समस्या समाधान गर्न आफु तयार रहेको बताउनु भएको छ ।

उद्योग मन्त्रालय मातहत ८३३ बिगाहा क्षेत्रफलमा निर्माण भई रहेको बिशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजको निरिक्षण अनुगमनमा आउनु भएको मन्त्री रिजालले उद्योगी ब्यबसायी, स्थानीयको गुनासाहरु सुन्नुको साथै समाधानमा सकृय हुने बताउनु भएको छ ।

उहाले उद्योगीहरुको हितमा काम गर्न नसके उनीहरु नआउने भएकोले उनीहरुकै सुझाव सल्लाहमा काम हुने बताउनु भएको छ । मन्त्री रिजालले सेजमा काम गर्ने कामदारहरु भारतीय र बाहिर भन्दा स्थानीयलाई प्राथमिकता दिन उद्योगीहरुलाई आग्रह गर्नु भयो ।

चिनी मिलको जग्गाको सदुपयोग गर्दै औधोगिक क्षेत्रको बिकासमा उद्योगीहरुको सकृय सहयोग हुनु पर्ने बताउदै सरसल्लाहमा समस्याहरु हल गर्दै जाने बताउनु भएको छ ।

कार्यक्रममा पुर्व मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले बिशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’ भित्र उद्योगहरुलाई केही वर्षको लागि जग्गाको भाडा निशुल्क गनुपर्ने माग गरेका छन ।

उद्योग मन्त्री रमेश रिजाल, उद्योग सचिव रमेश प्रसाद निरौला, सेजका कार्यकारी निर्देशक चण्डिका भट्ट, जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेल, वडाध्यक्ष र राजनीतिक दलका प्रतिनिधि सहित स्थानियहरुसँगको छलफलमा पूर्व मन्त्री श्रेष्ठले सेजभित्र आउन चाहने उद्योगीहरुका लागि केही वर्षलाई जग्गाको भाडा निशुल्क गरेर भएपनि आर्कषण गनुपर्ने बताएका हुन ।
हाल सेजको ‘ए ब्लक’को ३४३ बिगाहा मध्ये १६० बिगाहामा रहेको ६८ वटा प्लटहरुमा ९ वटा प्लट बाहेक सबै जग्गा उद्योगीले बुकिङ्ग गरेपनि निर्माणमा जुटेका छैनन । जग्गा बुकिङ्ग गर्ने तर उद्योगको संरचना निमार्णमा चासो नदेखाएपछि पूर्व मन्त्री श्रेष्ठले केही वर्षका लागि जग्गाको भाडा निशुल्क गनुपर्ने माग गरेका हुन ।

सरकारले उद्योगका लागि आवश्यक, बैंक, बिमा, भन्सार सडक, नाला, खानेपानी, विद्युत्त, खाजाघर लगायत संरचना निमार्ण गरेर उद्योगीहरुलाई खाली जग्गा भाडामा लगाउने गरेको छ । सेजभित्र जग्गा भाडामा लिन चाहने उद्योगीहरुले प्रति स्क्वायर मिटर २० रुपैँयाँको दरले जग्गाको भाडा तिनुपर्दछ । हाल सिमरा सेजको ए ब्लकको १६० बिगाहामा आधा दर्जन उद्योगीहरुले आवश्यक संरचना निमार्णको काम गरिरहेका छन ।

कार्यक्रममा उद्योग सचिव रमेश प्रसाद निरौलाले बजारमा माग भएका वस्तुहरुको उत्पादनमा बढी जोड दिन उद्योगीहरुलाई अनुरोध गरेका छन ।

सेजभित्र अतिक्रमण भएका जग्गाहरु स्थानिय तहको सहयोगमा संरक्षण गर्ने उद्योग सचिव निरौलाको भनाई छ । बिशेष आर्थिक क्षेत्र सेजको करिव ५ सय बिगाहा जग्गा अतिक्रमणमा परेको छ जसमा ५ सय भन्दा धेरै घर टहरा लगायतका संरचनाहरु रहेका छन । कार्यक्रममा जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सेजभित्र बनेका संरचनाको नक्सा पास नभएको गुनासो गरेका छन ।

‘सेजभित्र बन्ने संरचनालाई नक्सा पास र बाटोघाटोको विषय व्यवस्थित बनाउनु पर्ने नगरप्रमुख पौडेलले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content