गोली प्रहारबाट प्रधानाध्यापक हत्या, एक पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 400 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । बारा जिल्लाको सदरमुकाम कलैयामा दिन दहाडै निजी बिद्यालयका प्रधानाध्यापक माथि गोली प्रहार गरी हत्या भएको केही घण्टा नबित्तै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाको जानकारी प्रहरीले दिएपनि अनुसन्धान भईरहेकोले नाम सार्वजनिक भने गरेको छैन ।

सदरमुकाम कलैया वडा नम्बर ६ मा दुई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका हुन ।

स्वर्णकार अन्नपूर्ण स्विट्स बाट मिठाई किनेर मोटरसाइकलमा बिद्यालय फर्किरहेका बेला अज्ञात समुहले छाती, टाउकोमा गरी चार राउन्ड गोली प्रहार गरी फरार भएका हुन । कलैया मदर्शा टोल जाने बाटोमा स्वर्णकार माथी गोली प्रहार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि उनलाई बयोधा अस्पताल बिरगन्जमा पुराएपछि मृत्यु भएको हो । चारैतिरका सिसिटिभी हेर्ने, सिमा सिल गर्ने लगायत अपराधिहरुलाई पक्राउ गर्न सबै उपाय अपनाईएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ।

हत्यापछि कलैयामा शिक्षक र स्थानीयले टायर बालेर जुलुश प्रदर्शन गर्दै हत्यारा पक्राउ गरी तत्काल कार्वाही गर्न माग गरेका छन ।

घटना पछि एनप्याप्सन बाराका बरिष्ट उपाध्यक्ष समेत रहेका रुपेश कुमार सर्राफको हत्याको भत्सर्ना गर्दै भोली असोज १४ जिल्लाका सबै बिद्यालय बन्द गर्न बिज्ञप्ती मार्फत अध्यक्ष प्रभुलाल कुश्वाहाले आव्हान गरेका छन । तत्काल दोषी उपर कार्वाही नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने उनले जनाएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content