प्रधानाध्यापक माथि गोली प्रहार गरी हत्या अपडेट , तीन जना पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 610 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बारा जिल्लाको सदरमुकाम कलैयामा दिन दहाडै निजी बिद्यालयका प्रधानाध्यापक माथि गोली प्रहार गरी हत्या भएको घटनामा तीन जना पक्राउ परेका छन ।

घटनामा सम्लग्न रहेको आंशकामा एक महिला कलैयाबाट र दुई पुरुष बिरगन्जबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक शुरेश काफलेले बताउनु भएको छ ।

घटना लगत्तै अपराधका सबै पोलबाट छानविन भईरहेको प्रहरी उपरिक्षक काफलेले बताउदै पारिवारिक पृष्ठभुमीमा हत्या भएको प्रारम्भीक छानबिनले देखाएको उहाँले बताउनु भएको छ । पक्राउ परेकाको जानकारी प्रहरीले दिएपनि अनुसन्धान भईरहेको र हत्याको घटनामा आठ जना सम्लग्न रहेकोले सबै विवरण आएपछि मात्र नाम सार्वजनिक गरिने उनले बताए ।

सदरमुकाम कलैया वडा नम्बर ६ मा दुई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका हुन ।

शेयर
प्रतिक्रिया
Skip to content