बारा / गोली प्रहारबाट सोमवार दिउसो मृत्यू भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मंगलवार हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको छ ।
पसाहा खोलमा मृतकको जेठो छोराले दागबती दिएपछि उनको अन्तिम संस्कार गरिएको परिवारजनले जनाएको छ । एन प्यापसनले आफनो झन्डा ओढाई श्रादञ्जली अर्पण गरेका थिए ।
मृतक सर्राफको २ छोरा, श्रीमती छन । स्व सर्राफको अन्तिम श्रादञ्जली अर्पण गर्न ठुलो संख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित रहेको निजी निवासमा पुगेको थियो ।
कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह, नेकपा माओवादी केन्द्रका यूवा नेता मुकेश साह, नेपाली काँग्रेसका यूवा नेता लुकेश सिह लगायत विभिन्न राजनितिक दलका ब्यतिmहरु, नागरिक अगुवा, निजी तथा सामुदायिक बिधालयका शिक्षक शिक्षिकाहरु, परिवारजन, पत्रकार, सुरक्षाकर्मी लगायतकाले सर्राफको पार्थिव शरिशमा श्रादञ्जली अर्पण गर्दै अन्तिम बिदाई गरेका थिए ।
स्व.सर्राफको कलैया उपमहानगरपालिका, शिक्षकहरु पेशशागत हकहितका लागि गठन भएको बिभिन्न संघसंगठनहरुले घटनाको निन्दा एवम भत्र्सना गर्दै विज्ञप्ती मार्फत शोक मनाउने निर्णय गरेका छन ।
यता बारा उधोग बाणिज्य संघले विज्ञप्ती जारी गर्दे हत्याको बिरोधमा बजार बन्द गर्ने गरेका छन ।
कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले ३ वटा गोली प्रहार गरि हत्या गर्नुले सबै जिल्ला बासीमा त्रासको वतावरण छाएको बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साहले जनाएका छन ।
यता प्रेम सम्बन्धका कारण नै सर्राफको गोली प्रहार गरी हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । यस अघि साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिएपनि त्यति बेला बाच्न सफल भएको पक्राँउ परेकाहरुले प्रहरी समक्ष ब्यान दिएको प्रहरी उपरिक्षक सुरेश प्रसाद काफलेले जानकारी दिए ।
घटनामा संलग्न १ युवती सहित ३ जना नेपाली र ३ जना भारतियलाई प्रहरीले पक्राउ गरिसकेको प्रहरी स्रोतबाट जानकारी प्राप्त भएको छ । सो घटनामा अन्य थप दुई जनाको संलग्नता हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।