बारा १४ कार्तिक
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले प्रधानाध्यापक रुपेश सर्राफको हत्या उनको ब्यतिmगत आचरण प्रेमका कारण भएको बताएका छन ।
नेशनल प्याप्सन बाराको ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी सापकोटाले मृतकको एक जना युवतीसंगको प्रेम सम्बन्धका कारण उनका अफान्तले हत्या गरेको अनुसंन्धानबाट खुलेको बताए । उनले घटनामा संलग्न १ युवती सहित १० जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्ष्मरुपमा अनुन्धान भईरहेको बताउनु भएको छ ।
शैक्षिक एवम सांगठानिक अपराध अन्तर्गत रुपेशको हत्या नभएको बताउदै यसलाई शैक्षिक बिषयसंग जोडेर नहेर्न निजी बिधालयका संचालकहरुलाई आग्रह समेत गरेका थिए ।
रुपेशको यस अघिनै हत्याको प्रयास थियो प्रजिअ
रुपेशको हत्या साउनको २८ गतेतिर नै सिमराको एक होटलमा प्रयास गरेको भएपनि उनी त्यस ताका जोगेका थिए । तर प्रहरीलाई ती सुचना मृतक वा उनका परिवारले दिएको भए उनको ज्यान जाने थिएन प्रजिअ सापकोटाले बताउनु भएको छ ।
शिक्षकहरुलाई सुरक्षा प्रदान गर्नका लागि कुनै कसर बाकी नराख्ने बताउदै आफनो आनीबानीमा सुधार ल्याउने कुरामा उनले जोड दिएका थिए । काम निर्धक्क रुपमा गर्न सुझाव दिदै कुनै अप्ठयारा महसुस भएको अवस्थामा प्रहरी प्रशासनलाई जानकारी दिन आग्रह समेत प्रजिअ सापकोटाले गरेको थिए ।
बारा जिल्लाको ६० किलोमिटर खुल्ला सिमना रहेको हुदा सुरक्षा चुनौती रहेको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले जनशतिmको अभावले बोर्डरमा चाहे जति चेकजाच, निगरानी कडा भन्दा कडा बढाउन नसकिएको बताए ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले गृह मन्त्रालयबाट थप जनशतिm माँग गरेको र बोर्डर पर्ने पालिकाहरुका प्रमुखहरु संग सिसि क्यामरा जडान पहुचमार्ग निर्माण गर्न आग्रह गरेको उनले जानकारी दिए ।
हत्याको ९९ प्रतिशत अनुसंन्धानको कार्य सम्पन्न भईसकेको र मृतकको मोवाईल फेला नपरेपछि घटनामा अरु केहि थप रहस्य हुन सक्ने भएको हुदा सार्वजनिक नगरिएको उनले जानकारी दिए । बुधवार सम्म पत्रकार सम्मेलन गरेर घटनाको सार्वजनिक गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।
नेशनल प्याप्सनका पदाअधिकारीहरुले नम्बर प्लेट नभएको मोटरसाईकल सदरमुकामको मुख्य ठाँउहरु क्रस गरेर कसरी घटना स्थल सम्म आयो, अपराधीहरुले स्वचालित पेस्तोल लिएर कसरी नेपाल छिरे जस्ता प्रश्न गर्दै यसले बारामा सुरक्षा चुनौती थपिएको बताएका थिए ।
उनीहरुले कलैयाको मुख्य गल्लीहरुमा , चोकमा सिसि क्यामरा जडान गर्न तथा मदर्शा स्कुल अगाडी प्रहरी बिट राख्न प्रमुख जिल्ला अधिकारीसंग माँग गरेका थिए ।
ज्ञापन पत्र दिन एनप्याब्सन बाराका अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहा, मभेश प्रदेश अध्यक्ष डा. नन्दन यादब र केन्द्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले ज्ञापन पत्र दिदै हत्याको तत्काल छानविन सकी हदैसम्मको कार्वाही, क्षतिपुर्ति र पिडित परिवारलाई रोजगारी लगायतको माग पुरा नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने बताएका थिए ।
सिके राउतको जनमत पार्टीले जुलुश प्रदर्शन
यस्तै हत्याको बिरोधमा सिके राउतको जनमत पार्टीले जुलुश प्रदर्शन गर्दै प्रहरी कार्यालय अगाडि दोषीमाथि कार्वाही, शान्ति सुरक्षा कायम गर्न माग गरेका थिए । पार्टीका जिल्ला अध्यक्ष शिवनाथ पटेलको नेतृत्वमा रहेको टोलीले दोषीलाई पक्राँउ गरि कार्यवाहीको माँग गर्दै प्रर्दशन समेत गरेका थिए ।
हिन्दु परम्परा अनुसार दाह संस्कार
बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपलसर्राफको हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको छ । पसाहा खोलमा मृतकको जेठो छोराले दागबती दिएपछि उनको अन्तिम संस्कार गरिएको परिवारजनले जनाएको छ ।
मृतक सर्राफको २ छोरा, श्रीमती छन । स्व सर्राफको अन्तिम श्रादञ्जली अर्पण गर्न ठुलो संख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित रहेको निजी निवासमा पुगेको थिए ।