बारा– गत ९ असोजमा बाराको पचरौता–६ लक्ष्मिनियास्थित पोखरी नजिक भारतीय युवक २२ वर्षिय अजित कुमार सिंहको गोली हानी हत्या भयो ।
भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहिया गाउँका सिंहको गोली हानी हत्या भएको थियो । गाउँकै २५ वर्षिय सुजित कुमार सिंहले उनलाई गोली प्रहार गरेका थिए ।
त्यसको ३५ दिनपछि बाराको सदरमुकाम कलैयामा बाल एकता बाेिडङ स्कुलको संचालक रुपेश स्वर्णकारको हत्या भयो । प्रहरीको फरार सूचीमा रहेका भारतीय सुटर सुजितले गोली हानेर हत्या गरेको खुलेको छ । उनीसँगै गाउँकै अर्का सुटर चन्चल पाण्डे र मनिष कुमार सहनी घटना संलग्न भएको बाराका प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेले जानकारी दिए ।
भारतसँग सीमा जोडिएको नेपाल–भारत सीमाभन्दा करिब सात सय मिटर भित्र प्रवेश गरेर हत्या गरेका सुजितले यो पटक जिल्ला प्रहरी कार्यालयको पाँच सय मिटरको दुरीमा आए गोली हानेर हत्या गर्दा समेत प्रहरीले पत्तो पाएन ।
सुटर कलैया प्रवेश गर्दा नम्बर मेटिएको मोटरसाईकल चढेर स्वचालित हतियारसहित आएका थिए । प्रहरीले चेकजाँचमा लापरबाही गर्दा सुटर बेफिर्की भारतबाट नेपाल प्रवेश गरे र गोली हानेर फरार भए ।
उनीहरुले पचरौतामा प्रयोग भएको पेस्तोल नै प्रयोग गरेको समेत खुलेको छ । घटना स्थलबाट प्रहरीले ४ थान गोलीको खोका बरामद गरेको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको भन्दै पाँच जनालाई सार्वजनिक गर्दा सुटर र मुख्य योजनाकारसम्म प्रहरी पुग्न सकेको छैन ।
प्रहरीले बुधबार अर्का मुख्य योजनाकार र सूचना अदानप्रदान गर्ने कलैया उपमहानगरपालिका वडा नम्बर मर्दशा टोलका वर्ष २२ की राधा गुप्ता, सहयोगीहरु सोही ठाँउका वर्ष ३४ को जामिल अख्तर, कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर बस्ने वर्ष २६ को रियाज अंसारीलाई सार्वजनिक गरेको छ ।
पाँच जना सुटर प्रयोग भएको घटनामा प्रहरीले दुई जना सुटरलाई भने पक्राउ गरेको छ । जसमा सुटर समुहका सदस्य भारतको मोतिहारीका २३ वर्षका चन्दन कुमार र मोतिहारी घोडासहानका वर्ष २३ को अभिनव कुमार राजपुत रहेको प्रहरी उपरीक्षक काफलेले बताए । ‘हामीले फरार रहेका अरु सुटरको निगरानी बढाएका छौं, प्रहरी उपरीक्षक काफले भने–उनीहरु छिट्टै पक्राउ पर्छन् ।’ यो समुह बारा, रौतहट लगायतका ठाउँमा भएका विभिन्न हत्यका घटनामा संलग्न रहेको समेत पाईएको छ ।
प्रहरीले सार्वजनिक गरिएका बाहेक थप पाँच जनालाई नियन्त्रणमा राखेपनि अनुसन्धान प्रकृयामा रहेकाले सार्वजनिक गरेको छैन् ।
भारतीय एक लाखको सुपारी
अनुसन्धानबाट मुख्य योजनाकार भारत नागरिक मनोज गुप्ताले भारतीय एक लाख भन्दा कम रुपैँयामा सुटरलाई सुपारी दिएका थिए । विवाहित रहेका मनोजले नेपाली युवती राधा गुप्तासँग प्रेम समबन्ध थिए । राधाको रुपेशसँग समेत प्रेम सम्बन्ध रहेको थाहा पाएपछि मनोज र रुपेश विच पटक–पटक विवाद भएको खुलेको छ । विवाद र झैझगडाको उग्र रुप लिएपछि राधाको सहयोगमा मनोजले हत्याको योजना बनाएका थिए ।
रुपेश स्वर्णकारको हत्या आरोपमा ५ जनालाई बारा प्रहरीले गरे सार्वजनिक
बारा / बारा प्रहरीले बाल एकता बाेिडङ स्कुलको संचालक रुपेश स्वर्णकारको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मुख्य योजनाकार र सूचना अदानप्रदान गर्ने कलैया उपमहानगरपालिका वडा नम्बर मर्दशा टोल निवासी बर्ष २२ कि राधा गुप्ता, सहयोगीहरु सोही ठाँउ निवासी बर्ष ३४ को जामिल अख्तर, कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर बस्ने बर्ष २६ को रिजाल अंसारीलाई सार्वजनिक गरिएको प्रहरी उपरिक्षक सुरेश काफलेले जानकारी दिनुभयो ।
त्यसैगरि पक्राउ पर्नेमा सुटर ग्यागका सदस्य भारत मोतिहारी निवासी २३ बर्षका चन्दन कुमार र मोतिहारी घोडासहान निवासी बर्ष २३ को अभिनव कुमार राजपुत रहेको प्रहरी उपरिक्षक काफलेले बताउनुभयो ।
घटना स्थलबाट प्रहरीले ४ थान गोलीको खोका बरामद गर्नुको साथै गोली प्रहार गर्ने ब्यतिmहरुको पहिचान समेत भईसकेको उहाँले बताउनुभयो । हत्यामा यस अधि पनि बिभिन्न घटनामा प्रयोग भएको हतियार र एउटै सार्प सुटर मोतिहारी सुकलहिया निवासी २५ बर्षिय सुजित कुमार सिह, र सोही ठाँउ निवासी चन्चल पाण्डेय,मनिष कुमार सहनी र कामेश्वर सहनी रहेको प्रहरी उपरिक्षक काफलेले बताउनुभयो ।
मुख्य सुटर सुजित कुमार सिह रहेको प्रहरीले जानकारी दिएको छ । हाल सम्म अनुसंन्धानबाट मुख्य योजनाकार राधा गुप्ता र भारत निवासी विवाहित मनोज गुप्ता बिच प्रेम समबन्ध रहेको र मृतकसंग तिब्र विवाद र झैझग्डाका कारण घटना हुन पुगेको प्रहरीको भनाई रहेको छ ।
मृतक रुपेशको हत्या गराउनका लागि भारत निवासी सरकारी शिक्षक समेत रहेका मनोजले रु १ लाख रुपैया सुुटरलाई दिएको अनुसंन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसंन्धान भईरहेको र चाडै नै अपराधीलाई पक्राउ गर्ने प्रहरी उपरिक्षक काफलेले भने ।